आज सुनको मुल्य ७ सय रुपैयाँले बढेको
News Desk
Apr-16 , 2021 तारिख 12:26 बेलुका

काठमाडौं - बैशाख ३

काठमाडौं, आज  सुनको मुल्य ७ सय रुपैयाँले बढेको छ । बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ । हिजो ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, हिजो १२ सय ९० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।