साल्ट ट्रेडिङका बोर्ड डाईरेक्टर कल्याण गोबिन्द श्रेष्ठ कर्पोरेट लाईफ टाइम एचिभमेण्ट अवार्डबाट विभुषित
News Desk
Apr-18 , 2021 तारिख 01:30 बेलुका

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बोर्ड डाईरेक्टर समेत रहेका अग्रज उद्योगपति एवम् व्यवसायी, कल्याण गोविन्द श्रेष्ठ कर्पोरेट बिजनेस लाईफटाइम एचिभमेण्ट अवार्डबाट विभुसित भएका छन् । कर्पोरेट मिडिया ग्रुपद्वारा शनिवार दरबारमार्ग स्थित पाँचतारे होटल याक एण्ड यतिमा आयोजित तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम समारोह माझ उनी सम्मानित भएका हुन । उक्त कार्यक्रम समारोह माझ श्रेष्ठ सहित उद्योग, व्यापार, वित्त, इन्सुरेन्स लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएका लब्ध प्रतिस्ठित उद्योगपति, व्यापारी एवम् व्यवस्थापकहरुलाई विभिन्न विधा अन्तर्गत सम्मानित गरिएको थियो ।  

सो अवसरमा राष्ट्रिय  खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल कर्पोरेट माइलस्टोन अवार्ड, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्रा कर्पोरेट बेस्ट लिडरशिप अवार्ड, नेपाल उद्योग वाणिज्य महासंघका शिक्षा तथा स्वास्थ्य समिती सभापती हेमराज ढकाल कर्पोरेट आईडल अवार्ड, एनआईसी एसिया बैंकका सिईओ रोशन कुमार न्यौपाने कर्पोरेट सिईओ अफ द ईयरबाट सम्मानित भए । त्यसैगरि,  अग्रज अटो  व्यवसायी ध्रुब थापा कर्पोरेट अटोमोटिभ अवार्ड, स्नेहा हस्पिटालिटी ग्रुपका अध्यक्ष अग्रज पर्यटन व्यवसायी असित शमशेर जबरा कर्पोरेट टुरिजम अवार्ड, मेरिगोल्ड ज्वेलर्सकी प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघकी कार्यकारीणी सदस्य ज्योत्सना श्रेष्ठ कर्पोरेट वुमन इन्टरप्रेनरशिप अवार्ड, अजोड इन्सुरेसका सिईओ     कुमार बहादुर खत्री कर्पोरेट इन्सुरेन्स अवार्ड ९ननलाईफ०डिशहोमका प्रबन्ध निर्देशक तथा कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्य कर्पोरेट युथ अवार्ड, नेपाल उद्योग वाणिज्य महासंघका बित्त तथा इन्सुरेन्स समिती सह सभापती एवम् विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ता इन्फ्लुन्सियल लिडरशिप अवार्ड, रमन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक रमन महतो कर्पोरेट कन्स्ट्रक्सन अवार्ड, गरिमा विकास बैंकका सिईओ गोविन्द ढकाल डेभलपमेण्ट बैंक सिईओ अफ द एअर, नेपाल लाइफ इन्सुरेसका सिईओ सन्तोष प्रसाई इन्सुरेन्स इन्सुरेन्स अवार्ड ९लाईफ०, आवरणका हेल्थ केयरका अध्यक्ष डा। रुपक घिमिरे कर्पोरेट हेल्थ अवार्ड, हुत्तानन्द खनाल कर्पोरेट इन्डस्ट्री अवार्ड, शुक्रपथ कोअपरेटिभका सिईओ       मधुकर वाग्ले कर्पोरेट कोअपरेटिभ अवार्ड र वेदु पाण्डे कर्पोरेट पेण्ट अवार्ड २०७८ बाट सम्मानित भए । सोही अवसर माझ चेली फाउण्डेसनलाई सोसल इम्पावरमेण्ट अवार्ड र  प्रिया राजकर्णिकारलाई गत बर्षको कर्पोरेट युथ अवार्ड २०७७ बाट सम्मानित गरियो ।  कार्यक्रमका प्रमुख अतिथी, बिशिस्ठ अतिथी, सभापती र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले अवार्ड वितरण गरेका थिए ।                   

सोही अवसर माझ फेसन ट्रेड कार्यक्रम समेत आयोजना गरियो । उक्त कार्यक्रम अन्तर्गत मोडलहरुलाई  र्याम्पमा उतारिएको थियो भने कार्यक्रम माझमा कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।  

सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले पुँजी, उद्योग र मजदुर बीच सु सम्बन्ध कायम हुने गरि सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने र नेपालको उद्योग व्यापारको प्रबर्धनका निम्ती वस्तुनिस्ठ तबरले अघि बढदै जाने प्रतिबद्धता व्यक्त गरे ।  

त्यसैगरि विशिस्ठ अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउन सकिन्छ भनेर सरकार लागि पर्दै आएको उल्लेख गर्दै श्रमिकलाई  उद्योगी लगानीकर्ता र उद्योगी लगानीकर्तालाई श्रमिक नभई नहुने भएकाले सरकारले दुवै पक्षको हितलाई ध्यानमा राखेर सहजीकरण गर्दै आएको बताए ।  


कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले समृद्ध नेपाल, सुखी नेपाली बिषयमा केन्द्रित रहेर वक्ताका रुपमा बोल्दै तन मन र धन लगाएर सबैले आ आफ्नो क्षेत्रबाट लागि परे मात्रै समृद्ध नेपाल, सुखी नेपालीको मुल मर्म पहिल्याउन सकिने बताए ।  

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कोभिडका कारणले गर्दा आर्थिक क्षेत्रलाई  पुर्ववत अवस्थामा फर्कन ७(८ बर्ष लाग्न सक्ने तर्फ सचेत हुन आवश्यक रहेको बताउदै  निजी क्षेत्र र सरकार बिचको सुमधुर सम्बन्धबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने औल्याए ।  

नेपाल उद्योग वाणिज्य महासंघका वरिस्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सहयात्रीको रुपमा लिएर अघि बढे           मात्र सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुन सक्ने बताउदै निजी क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।  

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले आर्थिक परिसुचक सन्तोषजनक देखिनु सुखद भए पनि अझै ढुक्क भएर अघि बढनका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्दै अघिल्ला बढनुपर्ने बताईन ।

सभापतिको आसनबाट बोल्दै कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष  उज्जवल जंग शाहले कर्पोरेट मिडियाले देशमा व्यापार व्यवसाय र उद्योग क्षेत्रको श्रीब्रिद्धीका लागि सहज वातावरण निर्माणमा जोड दिदै आएको उल्लेख गरे । 

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कर्पोरेट म्यागाजिन तथा कर्पोरेट खबर डटकमका सम्पादक सरोज ओझाले कर्पोरेट अवार्ड तथा फेशन ट्रेडले उत्प्रेरणा र मनोरन्जन प्रदान गर्ने बताउदै कर्पोरेट मिडियाले सत्य तथ्य र निस्पक्ष रुपमा समाचार  सम्प्रेसण गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।  

ईश्वरलाल फाउण्डेसनको मुख्य प्रायोजन, फेसियल हाउसको सह प्रायोजन र स्याकार कम्पनी होन्डाको सहयोगमा संचालित सो कार्यक्रममा इश्वरलाल फाउण्डेसनका अध्यक्ष प्रदिप लाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Related Post