धरहरा उद्घाटनमा हतारो
News Desk
Apr-20 , 2021 तारिख 08:55 बिहान

काठमाडौं - बैशाख ७

काठमाडौं, ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्।

प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको काम सम्पन्न गर्ने तयारी गरेको छ। तर बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै एक वर्ष लाग्ने ठेकेदार कम्पनी रमण निर्माणका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए। उनका अनुसार ११ गते उद्घाटन गर्नुपर्ने भएकाले धराहराको उचाइको काम सकी हाल फिनिसिङको काम भइरहेको छ। ११ गतेसम्म राम्ररी फिनिसिङ सकिनेमा ठेकेदार कम्पनी आफैं आश्वस्त छैन।

धरहरा पुनर्निर्माण आयोजनाको हालसम्म ६१ प्रतिशतमात्रै काम भएको छ। धरहरा स्तम्भको भने ९८ प्रतिशत काम सकिएको छ। निर्माण कम्पनीमा अनुसार हालसम्म २ अर्ब १७ करोड बजेट खर्च भइसकेको छ। स्रोतका अनुसार आफू नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखेर प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न हतारिएका हुन्। नागरिक दैनिकबाट

Related Post