कुन अवस्थामा हट्लान् ओली ?
News Desk
Apr-20 , 2021 तारिख 03:37 बिहान

काठमाडौं - बैशाख ७

काठमाडौं, ओलीकै नेतृत्वमा चुनावमा जान नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरुसमेत छन् । 

सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ ।

उनका अनुसार अल्पमतले सरकार बनाउने ठाउँसम्म ओलीलाई साथ दिनुपर्छ । अल्पमतले सरकारले विश्वासको मत नपाउनासाथ सरकार निर्माणका लागि संविधानको धारा ७६ (५) आर्कषित हुन्छ । त्यतिबेला तीन दल मिलेपछि ओलीलाई हटाउन र निर्वाचनमा जान पनि सकिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

धेरै पढिएको