आज सुनको मुल्य ३ सय रुपैयाँले घट्यो 
News Desk
Apr-20 , 2021 तारिख 12:18 बेलुका

काठमाडौं - बैशाख ७

काठमाडौं, सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ ।