आज सुनको मुल्य ह्वात्तै बढ्यो
News Desk
Apr-21 , 2021 तारिख 11:59 बिहान

काठमाडौं - बैशाख ८

काठमाडौं, मंगलबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ । 

तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । हिजो तेजाबी सुन ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मुल्य १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ ।