News Desk
काठमाडौ - बैशाख ९
काठमाडौं, नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन भएको बताएको छ । सरकार कोरोना नियन्त्रणमा लाग्नु पर्ने बेला अनावश्यक रुपमा शिलन्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो । उनले कोरोनाका कारणले कोहि नेपालीले दुख भोग्नु पर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरेका छन् । बिहिबार काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थीति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नु पर्ने बताएका हुन्।
सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्न भन्दा पनि आफ्नो सत्ता जोगाउन लागी परेको नेता सिंहको भनाई छ । देशमा भएका अस्पतालहरुको क्षमता बढाउदै लग्नु पर्ने भन्दै उनले भने ‘ दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रीसकेको छ । रोकथामका लागी तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।
’ राजधानी काठुला अस्पताल हरुमा भएका अक्सिजन प्रान्ट समेत संचालन हुन नसकेको समाचार सुन्दा अचम्म लागेको भन्दै तत्कालै जनस्वास्थ्य का बिषयमा ठोस कदम चाल्न समेत सरकारलाई आग्रह गरेका हुन् । अब पनि कोरना नियन्त्रण र रोकथाम का बिषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउन सक्ने भन्दै गम्भीरतालाई बुझेर अघि बढ्न्न सबन्धित समेत सबै मा बिसेस अपिल गरेका हुन् । साथै कार्यक्रममा नेता सिंह मार्फत इसान प्रसाई स्मृति समाजले अटिजम भएका बालबाीलकालाई नगद रु एक लाख एघार हजार रुपैया सहयोग गरेको थियो । रासस