कोरोना सङ्क्रमणबाट एक  महिलाको मृत्यु
News Desk
Apr-23 , 2021 तारिख 05:56 बिहान

चितवन - बैशाख १० 

चितवन, कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।रासस