स्थानिय तहको योजना तर्जुमा प्रक्रियामा नागरिक समाजको भुमिका विषय अन्तरक्रिर्या कार्यक्रम सम्पन्न
News Desk
May-05 , 2021 तारिख 09:34 बेलुका


नविन शर्मा, भक्तपुर बैशाख २२, 
मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजनामा स्थानिय तहको योजना तर्जुमा प्रक्रियामा नागरिक समाजको भुमिका विषय अन्तरक्रिर्या कार्यक्रम बैशाख २२ गते, बुधबारका दिन जुम (भर्चुुअल) मार्फत सम्पन्न भयो । कार्यक्रममा ललितपुर र भक्तपुर जिल्लाका जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, र पत्रकारहरु सहित ६० जनाको सहभागितामा रहेको थियो । कार्यक्रममा संस्थाका कार्यक्रम व्यवस्थापक पंकजराज देवकोटाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत गरेका थिए। साथै, कार्यक्रममा ँजष् घटण् को तर्फ बाट भोला भट्टराई, प्रणव भट्टराई, सन्तोष सिक्देल र सम्झना कक्षपती  बाट स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा नागरिक समाजको भुमिका कहाँ, कसरी र किन गराउँनु पर्छ, योजना तर्जुमा प्रकृयाका सात चरणहरुमा लक्षित समुह, सरोकारवालाहरु, नागरिक समाजका सवालहरु टोल स्तर बस्ति स्तर र वडा स्तर बाट छनोट गरि स्थानिय तहहरुले तय गर्ने निति,नियम,कानुन,बजेट र कार्यक्रमलाई सामाजिक न्याय सम्मत बनाई अर्थपुर्ण सहभागिता सुनिश्चत गरि लौङ्गिक समावेशी,नागरिक मैत्री कसरी बनाउन सकिन्छ ,भन्ने विषयमा रहेर आफ्नो प्रस्तुतिकरण दिएका थिए ।


प्रस्तुतिकरण पश्चात खुल्ला छलफलमा सहभागीहरुले भाग लिर्दै भक्तपुर बहिरा संघका अध्यक्ष जयराम पक्कानेवारले अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु, समस्याहरु र स्थानीयतहको निति निमार्ण प्रक्रियामा मुल प्रवाह ल्याउन अझै पालिकाहरु र सरोकारवालाहरु गम्भिर भएर लाग्नु पर्ने र पालिका स्तरमा सांकेतिक भाषाहरु समावेश गरि दोभाषेहरुको व्यवस्थापन गरिनु पर्ने,अपाङ्ग मैत्री हुनु पर्ने, निति नियम र कार्यक्रम तर्जुमा प्रक्रियामा अपाङ्गता समुदायहरुको अर्थपुर्ण सहभागिता सबै क्षेत्रमा समेटिनु पर्ने धारणा व्यक्त गरे ।
 कार्यक्रममा नागरिक अगुवा र गैससकर्मीहरुले स्थानीय तहहरुले गैससहरुलाई हेर्ने नजरमा परिवर्तन गरि विकासका साझेदारको रुपमा स्थानीय तहको निति निमार्ण प्रक्रियाको चरणहरुमा हुने छलफलमा सहभागी गराउनु पर्ने कुरा उल्लेख गर्नुभयो । नागरिकका सवालहरुलाई समेटेर भौतिक विकास मात्र विकास नभनि सामाजिक विकासका गतिविधिहरुमा लक्षित समुहलाई समेत  समेटेर अगाडि बढ्नु पर्ने कुरामा सरोकारवालाहरुले जोड दिएको थिए। 

कार्यक्रममा सुर्यविनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेतले नगरपालिकाको  योजना तर्जुमा नागरिक समाजको भुमिका निकै महत्वपुर्ण रहेको र सुर्यविनायक नगरपालिकाले योजना तर्जुमामावडा स्तर देखि नै सरोकारवालाहरु, नागरिक समाजहरु र लक्षित वर्गहरुले आफ्नो मागहरु छनोट गरि वडा स्तरमा दिने गरेको र उक्त योजनाहरुलाई आवश्यता र औचित्यको आधारमा छनोट गरि वडा स्तर बाट नै बजेट तय गर्ने गरेको कुरा व्यक्त गर्नु भयो। यसका साथै नगरपालिकामा रहेको विषयगत समितिहरुमा समेत वडा स्तरका योजनाहरुको विषयमा छलफल गरि बजेट निर्धारण गर्ने र सामाजिक क्षेत्र तर्फका कार्यक्रमहरुलाई पहिलो प्राथमिकतामा राखि नितिगत निर्णय मार्फत कार्यान्वयमा ल्याएको जिकिर गर्नु भयो । यसका साथै नगरपालिकाको कार्यक्रमहरुमा सम्भव भए सम्म नागरिक समाज र गैससहरुको सहभागिता सुनिश्चित गर्न,सबै सरोकारवालाहरु सँग हातेमालो गर्न नगरपालिका सदैव तयार रहेको कुरा व्यक्त गरेको थिए। 
कार्यक्रमका अर्का अतिथि चाँगुनारायण नगरपालिकाको उपप्रमुख बिना बास्तोलाले नगरपालिकाले नागरिक सहभागिता सुनिश्चित गर्न मेयर उपमेयर उद्यमशिलता कार्यक्रमहरु कार्यान्वयमा ल्याएर लक्षित वर्ग समुदायको सीप क्षामता र दक्षता अभिवृद्धि गरि नगरपालिकाको जनताहरुको मानविय विकासलाई पहिलो प्राथमिकतामा राखि निति कार्यक्रमहरु तर्जुमा गरि कार्यन्वयमा ल्याएको जिकिर गरे ।  सिमित स्रोत र साधनको बाबजुत पनि जनताका आकाङक्षाहरुलाई पुर्ति गरि शिक्षा, स्वास्थ्य,कृषि विपद,महिला बालबालिका अपाङ्गता लगायत क्षेत्रलाई विशेष ध्यानमा राखि कार्यक्रमहरु तय गरि कार्यन्वयमा ल्याएको जानकारी गराउनु भयो । चाँगुनारायण नगरपालिकालाई नागरिक मैत्री बनाउन नागरिक समाज र गैससहरुलाई सदैव स्वागत गरि आवश्यक समन्वय, सहकार्य र सहयोग गर्ने नगरपालिका तयार रहेको कुरा व्यक्त गरेका थिए। 
कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभाध्यक्ष एंव मानव अधिकार संचार प्रतिष्ठान नेपालका अध्यक्ष मिना शर्माले उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, स्थानियतहहरु र नागरिक समाजहरुलाई  आवश्यक, साथ सहयोग, समन्वय र सहकार्यको निम्ति संस्था सदैव तयार रहेको कुरा व्यक्त गर्दै कार्यक्रम समापन गरे । 

Related Post