News Desk
बिष्णु गौतम
देवघाट तनहुँ, १ जेष्ठ - तनहुँ जिल्लाको देवघाट गाउँपालिकाका स्थानिय जनप्रतिनिधीहरु कोरोना संक्रमितको घरदैलोमा पुगि हौसला बढाउन तर्फ लागेका छन् । आज स्वास्थ्य सामग्रीसंगै गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा,देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ति,देवघाट गाउँपालिका स्वस्थ्य प्रमुख प्रदीप बुढाथोकी,देवघाट ईलाका प्रहरी इन्चार्ज सुशील लामिछाने गाउँपालिका स्थित वडा नम्बर ५ मा कोरोना भाइरस सङक्रमित विरामीहरुको घर दैलोमा पुगेर वस्तुस्थिती बुझेका छन् ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कोविड १९ संक्रमित ब्याक्तीहरुको घरदैलोमा पुगेर स्वास्थ्य सामाग्रीसंगै स्वास्थ्य अवस्था बारे जानकारी लिए । उनले सामाजिक दुरि कायम गरि संक्रमित ब्याक्तीहरुलाई स्वास्थ्यको कामना सहित हौसला प्रदान गरेका थिए । विश्व महामारीक रुपमा फैलिएको कोरोना भाइरस बाट देवघाट बासीलाई सुरक्षित राख्न विभिन्न प्रवेश नाकाहरुमा अनावश्यक रूपमा आवतजावत गर्ने मानिसहरुलाई निगरानीमा राखी थप सुरक्षामा कडाइ गरेको पनि उनले बताए ।
देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुले गाउँपालिका भित्र ५ वटा वडा मध्य देवघाट ५ नम्बर वडा भित्र पर्यटकीय देवघाटधाम रहेको हुनाले तिर्थालुहरु आवतजावत हुने सम्भावित प्रवेश मुख्य नाकाहरु यहीँ वडा भित्र रहेको हुनाले वडामा भित्रिने मानिसहरुको बारेमा सुक्ष्म अध्ययन गरिएको उनले बताए ।
पालिका स्थित स्वास्थ्य शाखाले पिसिआर गर्न आवश्यक लागेका नागरिकहरुको स्वाव सङ्कलन गर्ने र पिसिआर परिक्षणको नतिजा लिने गर्दछन्।
देवघाट गाउँपालिकामा हाल १३ जना कोरोना संक्रमित रहेका छन्। शुक्रबार प्राप्त रिर्पाेटमा ५ महिला र ७ पुरुष गरि १२ जना संक्रमित थपिएका थियो। केही दिन अघि ४७ जनाको स्वाव संकलन गरि परिक्षणकोलागि पोखरा पठाईएको थियो । परिक्षणमा यस अघि संक्रमित भएका १ जनाको पनि रिर्पाेट पुनः पोजेटिभ आएको देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए ।
संक्रमित मध्ये वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का एक÷एक जना रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बुढाथोकीले जानकारी दिए ।