बदनामी कमाउदै एनआरएन एसिया प्यासिफिक उपसंयोजक पोखरेल
News Desk
May-18 , 2021 तारिख 08:41 बिहान

 जापान/जापानमा बस्दै आएका गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक पारसमणि पोखरेलबिरुद्ध पैसा नतिरेको, धम्की दिएको र आर्थिक हिनामिना गरेको उजुरी परेको छ । पैसा तिर्नुको सट्टा धम्कीपूर्ण बोली व्यवहार प्रदर्शन गरेको तथा आर्थिक अपचलन गरेको उनी माथि आरोप छ । जापानमा व्यवसाय संचालन गरिरहेका पोखरेलले जापानका व्यवसायी तथा एनआरएन पूर्व आइसीसी सदस्य डिलाराम खरेलका छोरा गिनिज खरेललाई पोखरेलले पैसा मागेको भन्दै गाली गलौच तथा धम्की दिएको घटना बाहिरिएको छ । हाल कोरोनाको बिरामी भइ अस्पतालमा उपचाररत खरेल माथि पोखरेलले उल्टो फेसबुकमा स्टाटस लेखेर मानमर्दन गरेको आरोप खरेलको छ ।

पोखरेलको व्यवहार देखी चिडिएका गिनिजले एनआरएनजस्तो गरिमामय संस्थाका जिम्मेवार व्यक्तिले धम्कीपूर्व गाली गरेको भन्दै सामाजिक रुपमा छलफलको माग राखी एनआरएनमा निबेदन दिएका छन् । गिनिजद्वारा पेश निवेदनमा भनिएको छ-’वुवा विरामी भएपछि कम्पनीको कारोबार मैले सबै मैले हेरिरहेको छु र कम्पनिको बक्यौदा रकम उठाउने क्रममा पारसमणी पोख्रेलसंग लिनु पर्ने बक्यौताको बारेमा चुक्ता गरिदिन अनुरोधको लागि सम्पर्क गर्दा, मलाइ उल्टै हैसियत र धम्कीपूर्ण तरिकाले बक्यौदा के किन, त को, ढाल्दिन्छु जस्ता अपसब्द प्रयोग गरेको जानकारी गराउदछु ।’

त्यसैगरि ४ महिना अघि मात्रै जापानको ओसाकामा रहेको विश्वास कम्पनी लिमिटेडले एनआरएन जापान नायोगा क्षेत्रीय समितिलाई निवेदन पेश गर्दै पोखरेलबाट रकम उठाइदिन अनुरोध गरेको थियो । एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्त, एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ र एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीको नाममा बोधार्थ राखी पेश गरिएको उक्त निवेदनमा भनिएको छ–‘पोखरेल संचालक रहेको समिका कम्पनी लिमिटेडले ५ लाख ८ हजार येन केहि दिनका लागि उधारो लगेको तर अहिलेसम्म पैसा नतिरेको, फोन,एसएमएस तथा सम्पर्क गर्न खोज्दा नभेट्ने अनि भागीभागी हिडेको हुँदा उक्त कम्पनीका संचालक पारसमणी पोखरेलबाट उधारो रकम उठाउनका लागि सहयोग गर्न आग्रह गरिन्छ ।’

यद्यपी उक्त निवेदन उपर अझसम्म पनि एनआरएनले कुनै कार्वाही नगरेकामा पीडित पक्ष लगायतका बुज्रुकहरु आश्चर्यमा परेका छन् । पोखरेलले एनआरएन मात्रै नभई नेपाली समुदायको नाक नै फालेको आरोप लगाउनेहरु पनि बढन थालेका छन् । पोखरेल जस्तालाई संरक्षण गर्ने एनआरएनए नेताहरुले समेत विश्वास गुमाउदै जान थालेको गाईगुइ चल्न थालेको छ ।

Related Post