प्रेमध्वज प्रधानको १३ औं दिनको पुण्यतिथिमा मेलबर्नमा श्रद्धाञ्जली सभा 
News Desk
May-20 , 2021 तारिख 10:40 बिहान

मेलबर्न- मेलबर्नको मुटुमा रहेको काठमाडौं व्यांक्वेट नर्थ मेलबर्नमा स्व प्रेमध्वज प्रधानको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको छ । चर्चित "कन्दरा ब्याण्ड" का हस्ती एवम् चर्चित गायक विवेक श्रेष्ठ कन्दराको बिशेष पहलकदमीमा साहित्य संगीत जमघटको आयोजनामा श्रद्धाञ्जली सभा भएको हो ।  कार्यक्रममा मेलबर्न निवासी गायकहरु बिवेक श्रेष्ठ, राजेश केसी, रन्जन बैद्य, दिकपाल देव पंगेनी, स्वरुपा आशाहरुले  स्व प्रधानका कालजयी गीतहरु एकल र समूहमा प्रस्तुत गरेका थिए ।निरु त्रिपाठीद्धारा सन्चालित सो कार्यक्रम माझ बिवेक श्रेष्ठ र  बासुदेब मरहट्टाले खोजपूर्ण जानकारीमूलक प्रस्तुति दिए ।     

केही बर्ष नियमित रुपमा सकृय रहेको साहित्य संगीत जमघट छ भन्ने कुरा नै बिर्सिराखेको बेलामा यही कार्यक्रम आयोजनाको लागि आयोजक खोज्ने क्रममा बिवेक श्रेष्ठको घच्घच्याइका कारण पुन: यसले आफ्नो निरन्तरता दिन सक्ने संभावनाप्रति यसका एक हस्ती अनुपम पाठकले संकेत गरे ।  अब छिट्टै हुने अर्को कार्यक्रमको आयोजनाको संभावना बारे पनि उनले इंगित गरे ।

नेपाल सरकारले सम्मान गर्नैपर्ने राष्ट्रिय महत्वका ब्यक्तिहरुलाई स्वत: स्फूर्त रुपमा सम्मान गर्ने परिपाटी नरहेको, तर त्यसका लागि नेपाल सरकारलाई नियमित रुपमा घच्घच्याइ राख्नुपर्ने आबस्यकतामा जोड दिंदै जीवित अवस्थामा नै वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी जस्ता ब्यक्तिको नाममा नै मुद्रा प्रचलनमा ल्याउनु पर्ने बिषय उक्त सभा माझ उठेको थियो ।  विगतमा राजा महाराजाको नाममा मात्रै हुलाक टिकट प्रकाशनमा ल्याउने प्रचलन भएकोमा हाल सत्य मोहन जोशी जस्तो महान ब्यक्तिको नाममा समेत हुलाक टिकट प्रकाशनमा ल्याउनुका पछाडि ललितपुर महानगरपालिका र यसका मेयर चिरी बाबु महर्जनको निरन्तर अथक प्रयास रहेको जानकारी दिइएको  थियो ।  प्रेमध्वज प्रधान जस्ता ब्यक्तिलाई सरकारले सम्मान गर्न कन्जुस्याइ गर्न नहुने राय सो सभामा राखिएको थियो ।  

(स्रोत: रामकुमार श्रेष्ठको फेसबुक वाल)

Related Post