एनआरएनए युएसको बोर्ड अफ डाईरेक्टरमा सुजन खनालको बलियो दावेदारी
News Desk
May-21 , 2021 तारिख 09:00 बिहान

केशव ढकाल

न्युयोर्क -एनआरएनए राष्ट्रिय समन्वय परिषद युएसको २०२१-२०२३ बोर्ड अफ डाईरेक्टरमा सुजन खनालले उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ, एनआरएन अमेरिकाको नयाँ नेतृत्व छनोटको प्रक्रिया आरम्भ भएसँगै अमेरिका स्थित प्रवासी नेपालीहरुको साझा संगठनको चुनावी मैदानमा खनाल होमिएका हुन ।तनहुँ स्थित व्यास नगरपालिका ०५ थातथलोका उनी हाल न्युयोर्कमा बसोबास गर्दै आएका छन् । विगत डेढ दशक देखी अमेरिकामा बसोबास गर्दै आएका खनाल नेपालमा रहँदा विद्यार्थी राजनीतिमा सकृय थिए । उनले नेपाल विद्यार्थी संघ (नेबिसंघ) को गढ मानिने घण्टाघर स्थित नेपाल विद्यार्थी संघ, त्रि-चन्द्र कलेज ईकाईको कार्यवाहक सभापति र नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालेका थिए ।

त्यसो त नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एवम् जनसंपर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्ट साथै समितीका नेताहरु वेद खरेल, मुनेन्द्र नेम्वाङ, श्याम काजी गुरुङ, भोजराज थोकर, यादव पंडित, हरिबोल भण्डारी, बिष्णु सुवेदीसँग निकटम सम्बन्ध रहेका विश्वासिला पात्रका रुपमा खनाललाई लिइन्छ भने एनआरएनका नेताहरु गौरीराज जोशी, केशव पौडेल आदीसँग निकट सम्बन्ध रहेकाले पनि उनको उच्च संभावना रहेको चर्चा चुलिदै आएको छ ।

त्यसैगरि खनाल नेपाली समुदाय माझ बौद्धिक र जुझारु व्यक्तित्वका रुपमा परिचित् छन् । सबैसँग मिल्न सक्ने सरल स्वभाव खनालको साकारात्मक पक्ष हो । उनी प्रभावशाली नेता हुनुका साथै कुशल संगठक पनि हुन । कोभिड १९ कहर उत्कर्समा रहेका बेला खनालले न्युयोर्क क्षेत्रमा बसोबास गर्ने गैर आवासिय नेपाली साथै विपदका कारण समस्यामा परेका अन्य समुदायका मानिसहरुलाई समेत मानविय सहयोग गरेका थिए ।

सँयुक्त राज्य अमेरिकामा बसोबास गर्ने र एनआरएन संगठन भित्र राजनीति गर्ने गैरआवासिय नेपालीहरु मध्ये लोकतान्त्रिक पक्षधरहरुको अधिक बाहुल्यता रहेको पाईन्छ । यस पृष्‍ठभुमीमा खनालको विगत र वर्तमानलाई लिएर उनको जीत सुनिश्चित रहने चर्चा पनि चुलिएको छ ।

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका मार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका खनालले नेपाली समुदायको उत्थान र कल्याणका निम्ती बोर्ड अफ डाइरेक्टर पदमा आफ्नो उम्मेदवार दिएको बताएका छन्।

Related Post