विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं साहित्यकार डा. बानिरा गिरीको निधन
News Desk
May-24 , 2021 तारिख 02:04 बेलुका

 काठमाडौं-विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ । ७५ वर्षको उमेरमा आइतबार राति उनको निधन भएको हो । हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतकबार राति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । २० दिनअघि उनलाई कोरोना संक्रमण भएको थियो । गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ ।गिरी विगत ३ वर्षदेखि अल्जाइमर्स रोगले ग्रस्त थिईन् ।

कवि गोपालप्रसाद रिमालमाथि शोध गरि उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गरेकी थिईन् । गिरी नेपाली साहित्यक फाँटकी एक प्रसिद्ध नारी हस्ती पनि हुन । डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।

डा. गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।

Related Post