News Desk
काठमाडौं- सफल युवा व्यवसायी नाजिर हुसैनको निधन भएको छ । हुसेनको हृदयघातका कारण सोमबार दिउँसो निधन भएको हो । उपचारका लागि अस्पताल लादालादै उनको बाटो मै निधन भएको बताईएको छ ।
हुसेन नेपाली एयर होस्टेसलाई अन्तर्राष्ट्रियकरण गर्ने फ्लाई टेक इन्टरनेशनलका संचालक एवम् प्रबन्ध निर्देशक, आईआई एफटिका संचालक, लायन्स क्लब अफ काठमाडौ प्रयास नगरका अध्यक्ष हुन । हुसैन डेढ दशक देखि एयर होस्टेस तालिमको क्षेत्रमा सकृय रहदै आएका थिए । न्यू प्लाजा, पुतलीसडक तथा के. एल. टावर, चाबहिलमा नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेज सम्बन्धी ट्रेनिङ् इन्स्टिच्युट फ्लाईटेक इन्टरनेसनल संचालन गर्दै आएका हुसैन व्यवसायिक रुपमा अब्बल र निकै सफल मानिन्थे ।
फ्लाई टेक इन्टरनेशनलले केही महिना अघि मात्र “वर्ल्ड एडुकेशन लिडर्स समिट २०२१” माझ ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ अन्तर्गत”आउटस्टान्डिङ ट्रेनिङ एकेडमि" को विधागत उपाधी प्राप्त गरेको थियो ।
हुसैनको अथक प्रयास माझ सफलताको मुकाम हासिल गर्न सफल फ्लाई टेकले यसअघि ‘वर्ल्ड बुक अफ रेकर्ड, लन्डन, यु.के.’ तथा ‘बिआईडी वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड, पेरिस , फ्रान्स’ बाट सम्मानित भएको थियो । फ्लाई टेक अन्य थुप्रै अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भैसकेको छ । एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले "क्रु लर्निङ सेन्टर" नामबाट मलेशियामा आफ्नो पहिलो शाखाको शुरुवात पनि गरेको थियो | फ्लाई टेकलाई उडान भराउने कामसँगसगै नेपालको उडड्यन् पर्यटनको क्षेत्र साथै व्यवसायिक क्षेत्रमा पनि उनको ठुलो देन रहेको छ ।