News Desk
काठमाडौँ – खोप दुरुपयोगको बिषयलाई लिएर ठमेलमा खैलाबैला मच्चिएको छ । काठमाडौँमा कोरोनाविरुद्धको पहिलो डोजको चाइनिज खोप नलगाएपनि छलकपट गरि दोस्रो खोप लगाउन लगाउन खोज्नेहरुलाई ठमेल पर्यटन विकास परिषद्बका तृतीय उपाध्यक्षले साथ दिए पछि घटनाले ठुलो रुप लिएको हो । मंगलबार काठमाडौँ महानगरपालिका १७ नम्बर वडाको स्वास्थ्य संस्थामा चाइनिज खोप भेरोसेल लगाउन खोप कार्ड बोकेर एक दम्पत्ति आए पछि खोपको दुरुपयोग हुन लागेको तथ्य बाहिरियो ।ती दम्पत्तिले पहिलो डोजको खोप नलगाई दोस्रो डोजको खोप लगाउन आएको पत्ता लागेपछि विषय गम्भिर बनेको हो । लामिछाने थर भएका ती दम्पत्तिले बोकेर आएको खोप कार्डका आधारमा छलकपट पत्ता लागेको हो ।
पहिलो खोप नै नलगाएका दम्पती मध्ये एक जनाले सेवाग्राही प्रति र अर्काले स्वास्थ्य संस्थाको प्रति बोकेर दोस्रो डोजको खोप लगाउन आएपछि रहस्य बाहिरिएको हो । उनीहरुसँग स्वास्थ्यकर्मीहरुले सोधपुछ गर्दा कार्डको दुरुपयोग र छल गरेर दोस्रो डोजको खोप लगाउन आएको पत्ता लागेको बिषय उजागर भएको थियो । खोप कार्डको दुई प्रति हुन्छ, एउटामा सेवाग्राही प्रति लेखिएको हुन्छ भने अर्काेमा स्वास्थ्य संस्था प्रति लेखिएको हुन्छ । उनीहरुले यस्तो कार्ड ठमेल पर्यटन विकास परिषद्बबाट प्राप्त भएको बताईएको छ । स्वास्थ्य जस्तो गम्भीर बिषयमा संवेदनशिल बन्नु पर्नेमा लापरवाही गरेको पाइएपछि प्रहरी वृत्त सोह्रखुट्टेले आवश्यक अनुसन्धान सुरु गरेको बुझिएको छ । अध्यक्ष मानन्धरका अनुसार दुई व्यक्तिले खोप कार्डमा पहिलो डोजको खोप लगाएको भनेर आफैँले भरेर दोस्रो डोजको खोप लगाउन स्वास्थ्य संस्था पुगेका थिए । सोधपुछका क्रममा उनीहरुले ठमेल पर्यटन विकास परिषदका तृतीय उपाध्यक्ष भविश्वर शर्माले उपलब्ध गराएको खुलेको छ । ती दुई व्यक्ति शर्माको नजिकका नातेदार भएको श्रोतको भनाई छ ।
पहिलो डोजको खोप लगाएको चार हप्ता पछि मात्रै दोस्रो डोजको खोप लगाउन सुरु गरिएको हो । तर खोपको नियम नै मिचेर यसरी कार्डको दुरुपयोग गरे पछि यसले विकृती साथै जनस्वास्थ्य माथि लापर्वाही भएको औल्याउदै दोसी उपर कडा कार्वाही हुनुपर्ने माग उठेको छ ।
खोप कार्डको अपचलन गरेको भनिएका आरोपित भविश्वर शर्मा पर्यटन नेकपा माओवादी निकट पर्यटन व्यवसायी हुन्। हाल उनी ठमेल पर्यटन विकास परिषदका तृतीय उपाध्यक्ष छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायधिस चोलेन्द्र शमसेरको भाईको घरमा सामान्य व्यवसाय (स्पा) सञ्चालन गर्दै आएको स्रोतले जनाएको छ ।