समाजवादी काङ्ग्रेसले पत्रकार राहत कार्यक्रम जारी राख्ने 
News Desk
May-26 , 2021 तारिख 03:25 बेलुका

काठमाडौ । कोरोना महामारीको कारण खाद्यान्न सङ्कटमा परेका श्रमजिवि पत्रकार र श्रमिकहरुको लागी नेपाल समाजवादी काङ्ग्रेसले २०७८ जेठ १० गतेदेखि सुरु गरेको खाद्यान्न वितरण कार्यक्रम आज पनि जारी राखेको छ। आज पनि अनामनगर क्षेत्रमा केही पत्रकार र श्रमिकहरुलाई पार्टिको तर्फबाट राहत वितरण गरिएको छ ।  राहत वितरण कार्यक्रमको नेतृत्व पार्टि अध्यक्ष गोविन्द निरौलाको समन्वयमा पार्टिका सचिव मानबहादुर गुरुङ र सहसचिव पुष्प राणा घले लगायतले गरेका थिए ।  यस अभियान केही समय जारी रहने पनि समाजवादी काङ्ग्रेसकाका अध्यक्ष गोविन्द निरौलाले बताएका छन्।

‘ठुलो सङ्ख्यामा पत्रकार र श्रमिकहरुका लागि राहत सामग्री आवश्यक रहेको अभियानका दौरानमा जानकारीमा आएको छ’ कुराकानीका क्रममा निरौलाले भने । राहत तथा खाध्यान्न वितरण कार्य किन भन्ने प्रश्नमा अध्यक्ष   निरौला भन्छन् ’कोरोना महामारीको कारण राहत तथा खाद्यान्न अभावमा परेका पत्रकार र श्रमिक साथीहरुको पिडामा सानो भएपनी मल्हम लगाउने कोसिस गरेका हौं । कार्यक्रम शान्त र व्यवस्थित थियोे भने अहिलेको परिस्थिति अनुसार सामाजिक दुरि समेत कायम गरेर राहत वितरण गरेका छौ ।’   

Related Post