News Desk
देवघाट-तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले गाउँपालिका भित्रका संक्रमितहरुको घर घर पुगि स्वास्थ्य अवस्था बुझेका छन्। गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा सहितको टोली गाउँपालिका भित्रका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझी उनीहरुको हौसला बढाउन घरघरमा पुगेका हुन ।
गाउँपालिका अध्यक्ष थापाले कोरोना संक्रमितहरुको घरदैलोमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्दै स्वास्थ्य अवस्था बारे जानकारी लिए । उनले सामाजिक दुरि कायम राख्दै संक्रमितहरुको स्वास्थ्य लाभको कामना सहित हौसला प्रदान गरेका थिए ।
देवघाट गाउँपालिकामा हाल ८जना मात्र संक्रमित रहेका छन् । हिजो मंगलबार प्राप्त रिर्पोटमा १ महिला ४ पुरुष गरि ५ जना संक्रमित थपिएका थिए । केही दिन अघि २७ जनाको स्वाव संकलन गरि परिक्षणको लागि पोखरा पठाईएको थियो । परिक्षणमा यस अघि संक्रमित भएका २ जनाको पनि रिर्पोट पुनः पोजेटिभ आएको देवघाट गाउँपालिका स्वास्थ्य साखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिएका छन् ।
हाल देवघाट गाउँपालिका भित्रका संक्रमित सबै होम आइसोलेसनमा रहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको देवघाट गाउँपालिका (CICT) संयोजक जिवन गुरुङले जानकारी दिए ।
उक्त समूहमा देवघाट ५ का वडा सदस्य भोजराज नैनावस्ति,ईप्रका देवघाटका इन्चार्ज सुशील लामिछाने, गाउँपालिकाका स्वास्थ्य कर्मि बिष्णु कमली लगायत रहेका थिए ।