ककनी स्थित ठुलोखोला पधेली जोड्ने सडकमार्गको स्तरउन्नति कार्य शुरूवात
News Desk
May-27 , 2021 तारिख 11:21 बिहान

 

नुवाकोट-जिल्लाको ककनी गाउँपालिका वडा १मा रहेको ठुलोखोला पधेली जोड्ने सडकमार्गको स्तरउन्नति कार्य शुरूवात भएको छ। एक  समारोहका माझ शिलान्यास गर्दै उपभोक्ता समितिका अध्यक्ष रमेश  लामाले विकास  निर्माण कार्यमा सम्पूर्ण तहका समुदायबाट साथ मिलेको बताए। आर्थिक बर्षको स्वीकृति बार्षिक बजेट कुल रुपैया ५०लाख र स्थानीय  रुपैया १२लाख बराबर जनश्रमदान रहने गरि सम्झौता भएको उपभोक्ता समितिका अध्यक्ष रमेश लामाले बताए।स्तर उन्नति कार्य सम्पन्न गर्न सात सदस्यीय उपभोक्ता समिती गठन गरेको उनले बताए।स्थानीय जनप्रतिनिधि,नागरिक समाज, सन्चारकर्मीहरुको उपस्थितिमा अनुगमन समिति खडा गरेको अध्यक्ष लामाले जानकारी गराएका छन् ।       

अध्यक्ष लामाले प्रारम्भिक परियोजना प्रस्तावक  नेत्र केसीलाई सोही अबसरमा अभिनन्दन गरे। स्थानीय जनप्रतिनिधि एवम् ककनी गाउँ पालिका वडा १ का अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ (बलामी)ले स्थानीय विकास निर्माण समयमै सम्पन्न गर्न आफुले उपभोक्तालाई अधिकार सम्पन्न गराएको बताउदै आफ्नो मन्तव्यमा बजेट तथा कार्यमा अनियमितता नहुने वचनबद्धता  पनि प्रकट गरे।

शहरी विकास मन्त्रालय अन्तर्गत आर्थिक बर्षको स्वीकृतीमा कार्यक्रम कार्यन्वयन गरेको सघन सहरी तथा भवन  निर्माण आयोजनाका प्रमुख कृष्ण कुमार महर्जनले बताए। 

सडक निर्माण पश्चात् राजधानीसँग छोटो दुरिमा जोडिने भएकाले स्थानीय ब्यापार र व्यवसाय, निर्यात गर्नका लागि सहज हुने स्थानीयबासीले व्यक्त गरे ।साथै पर्यटन र सांस्कृतिक धरोहर आकर्षणको केन्द्र बन्नेमा आशावादी रहेको स्थानीयको भनाई छ । विकास निर्माणमा समन्धित निकायले ध्यान दिन सके सामाजिक र आर्थिक परिवर्तन हुने स्थानीय सरोकारवालाहरुले धारणा राखेका छन् ।  

 

 

Related Post