News Desk
आशिष शर्मा
तनहुँ -दमाैलिमा रहेका सम्पूर्ण बैंकहरुकाे संगठन बैंकर क्लब अफ दमाैलीले व्यास नगरपालिकाको आईसोलेसनका लागि अक्सिजन कन्सनटेटर हस्तान्तरण गरेको छ । तनहुँमा रहेका बैंकमा कार्यरत प्रत्येक कर्मचारीबाट रकम संकलन गरि व्यास नगरपालिकाले सञ्चालन गरेकाे आईसोलेशनका दुई लाख चाैहन्न हजार रुपैया बराबरकाे दुई थान अक्सिजन कन्सनटेटर आज हस्ताण्तरण गरेको हो ।
बैंकर कर्मचारी सबैकाे प्रतिनिधित्व गर्दै उक्त सामाग्री बैंकर क्लव अफ दमाैलीका अध्यक्ष राजु रानाले नगर प्रमुख बैकुण्ठ न्याैपानेलाई हस्तान्तरण गरे । साे अवसरमा प्रमुख न्याैपानेले वैकहरूवाट विपतकाे समयमा भएकाे सहयाेग प्रती धन्यवाद व्यक्त गरे। बैंकमा काम गर्ने कर्मचारीले पनि समाजमा विपतकाे समयमा सहयाेग गर्न सकिन्छ भनेर अक्सिजन कन्सनटेटर उपलब्ध गराएकाे सचिव सुदिप न्याैपानेले जानकारि दिए ।