नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
News Desk
May-27 , 2021 तारिख 04:29 बेलुका

काठमाडौं- नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ । उक्त रिट उपर सर्वोच्चले परमादेश जारी गर्दै जेठ २१ गते बिहान दश बजेलाई पेशी तोकेको छ । अधिवत्ता बिष्णु कुमार गिरीले उक्त रिट हालेका हुन । राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाइ उक्त रिट दाँयर भएको हो । अधिवक्ता गिरीलाई अधिवक्ताहरु गणेश कुमार शर्मा, लिलानाथ घिमिर र ज्ञानेन्द्र नेपालले साथ दिएका छन् ।

Related Post