News Desk
बिष्णु गौतम
देवघाट-तनहुँको देवघाट गाउँपालिकाको स्वास्थ शाखालाई लायन्स क्लब इन्टरनेशनल ड्रीष्टिक ३२५बी२ नेपाल एरिया ३ ले एक थान ऑक्सीजन कन्सन टेटर सहयोग गरेको छ।देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरलाइ लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक क्लबका नेपाल ड्रीष्टिक गभर्नर रामप्रसाद भट्टले क्लबको तर्फबाट सो अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिश्व महामारीको रुपमा देशको विभिन्न स्थानहरुमा फैलिएको कोभिड १९ कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि देवघाट गाउँपालिकाको जोखिम न्युनिकरण हेतु लाइन्स क्लब क्लबले गाउँपालिका स्वास्थ्य शाखालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत दिए । देवघाट गाउँपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी प्रचारप्रसार,माईकिङ्ग, ब्यानर व्यवस्थापन साथै देवघाट प्रवेश नाकाहरुमा कडाई गरि आफ्नो गाउँपालिकाबासीलाई सुरक्षित राख्नको लागि निरन्तर अगाडी बढेको अध्यक्ष थापाले जनाए ।
लायन्स क्लब इन्टरनेशनल ड्रीष्टिक ३२५बी२ नेपालका ड्रीष्टिक गभर्नर रामप्रसाद भट्टले देवघाट एक पर्यटकीय,धार्मिकधामसँगै बृद्धहरु बढी बस्ने क्षेत्र भएको हुनाले पनि कोरोना भाइरस संक्रमण बिरामीहरुलाई थप उपचार गर्न सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरिएको उल्लेख गरे । चितवन र नवलपुर क्षेत्रका लायन्स क्लबहरु तथा देश बिदेशमा रहेका लायन्स परिवार सदस्यहरुबाट सहयोग जुटाई सो अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको पनि उनले खुलाए । साथै लायन्स क्लबले देशको विभिन्न स्थानहरू बुटवल,बिरगंज,हेटौंडा लगाएत अन्य ठाउँहरुमा स्वास्थ्य सामाग्री,स्वास्थ्य उपकरण,आइसोलेशन वार्ड,र बिरामीहरुलाई खाना खुवाउने तथा रक्तदान कार्यक्रम समेत गरेको भट्टले जानकारी दिए ।
सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे,देवघाट गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रदीप कोभिड नियन्त्रण संयोजक सिद्धार्थलाल चुके,ॠजन चियर प्रशन बालगोपाल चुके,देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।