विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापाको भेन्टिलेटरमा राखेर उपचार
News Desk
May-28 , 2021 तारिख 03:44 बेलुका

काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। काठमाडौंको ग्राण्डी अस्पतालमा विगत २४ घण्टादेखि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।डाक्टर विश्व दवाडीले थापाको अवस्था स्थिर रहेको बताए।उहाँको अवस्था स्थिर छ। हिजो बिहानदेखि भेन्टिलेटरमा राखिएको हो,’ उनले भने।थापालाई कोरोना र निमोनिया देखिएको उनको भनाइ छ।करिब दुई साताअगाडिदेखि उनी उपचाररत छन्।थापालाई ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सार्ने तयारीसहित छलफल भइरहेको छ।यसैबीच थापाको स्वास्थ्य उपचारका लागि गोफन्डलगायतबाट आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।

थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग संकलन गर्न सकिने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उल्लेख गरेका छन्।साथै खल्ती र ईसेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने उल्लेख छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Related Post