ओलीको कदम विरुद्धमा पूर्वप्रधानन्यायाधीशहरुको संयुक्त वक्तव्य
News Desk
May-28 , 2021 तारिख 05:30 बेलुका

 

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशहरुले पटक–पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री निरन्तर पदमा रही रहनु संविधान, प्रजातन्त्र विवेक कुनै पनि कुराले नदिने बताएका  छन् ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको फैसलाको मर्म र भावनाको विपरीत भएको समेत दावी गरेका हुन ।  

विगतमा पनि सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा पूर्वप्रधानन्यायाधीशहरुले संवैधानिक इजलासमा सुनुवाइ शुरु भएकै दिन संयुक्त वक्तव्य दिएका थिए  ।

 

Related Post