छोटो समयमा स्थापित ब्राण्ड बन्न सफल एनएमसी 
News Desk
May-28 , 2021 तारिख 05:42 बेलुका

काठमाडौं-छोटो समयमा ब्राण्ड स्थापित गर्न सक्नु चानेचुने कुरा पक्कै होईन् । किनकी कुनै पनि राम्रो उत्पादनलाई सामान्यतया ब्राण्ड स्थापित गर्न कम्तीमा ४-५ बर्ष लाग्ने गरेको पाईन्छ । यद्यपी यस भिडमा केही अपवादहरु पनि भेटिने गरिन्छ ।  तिनै मध्येको एक ब्राण्ड हो एनएमसी मसला  ।  

सेभेन स्टेट इन्डस्ट्रिज प्रालि एनएमसी मसलाको उत्पादक कम्पनी हो । सेभेन स्टेटले २ वर्षअघि मात्रै राजधानीको सीतापाइलामा उद्योग स्थापना गरी कारोबार शुरु गरेको थियो । र  यस कम्पनीले हालसम्म आईपुग्दा एनएमसी मसलालाई देशैभर पुर्‍याइसकेको छ ।

उद्योगले नेपाली जनताको मानव स्वास्थ्यलाई ध्यानमा राख्दै स्वाद र गुणस्तरमा कमी हुने गरि कुनै प्रकारको संझौता नगरिएकाले एनएमसीले छोटै समयमा उपभोक्ताको मन जित्दै नेपाली बजारमा आफ्नो दर्विलो पकड कायम राख्न सकेको कम्पनीको दाबी छ । 

कम्पनीका अध्यक्ष विधान केसीले जानकारी दिदै भने 'बजारमा आएका अधिकांश मसला बाहिरबाट हेर्दा स्वादिलो हुने देखिए पनि प्रयोग गर्दा बास्ना हराउने गरेको भेटिन्छ, यसरी आम उपभोक्ता ठगिईरहेको भेटेकाले हामीले मसला उद्योग स्थापना गरि राष्ट्रिय आय, रोजगारी, जनस्वास्थ्य र उपभोक्ता अधिकारलाई प्रत्याभुत गर्दै अघि बढेका छौ' ।  

‘विदेशी मसलाहरूको आयात रोक्न तथा स्वस्थकर उत्पादनलाई बढवा दिन गुणस्तर माथि ध्यान केन्द्रित गरेका छौ’ कम्पनीका अध्यक्ष विधान केसीले जानकारी दिदै भने 'बजारमा आएका अधिकांश मसला बाहिरबाट हेर्दा स्वादिलो हुने देखिए पनि प्रयोग गर्दा बास्ना हराउने गरेको भेटिन्छ, यसरी आम उपभोक्ता ठगिईरहेको भेटेकाले हामीले मसला उद्योग स्थापना गरि राष्ट्रिय आय, रोजगारी, जनस्वास्थ्य र उपभोक्ता अधिकारलाई प्रत्याभुत गर्दै अघि बढेका छौ' ।  

स्वदेशी कच्चापदार्थको प्रयोगबाट तयार पारिएको विभिन्न स्वादका मसलाले आमउपभोक्ताहरूको मन जितेको कम्पनी अध्यक्ष  केसीले बताए । ‘हामीले मसलालाई सबै गृहणीको चुलोचौकासम्म पुर्याउन देशैभर शाखा विस्तार गरी बिक्री–वितरण थालिसकेका छौँ,’ अध्यक्ष केसी भन्छन्, ‘बाँकी जिल्लामा पनि मसला वितरणका लागि शाखा विस्तार गर्ने अभियानमा लागेका छौँ । आगामी तीन वर्षभित्र सबै जिल्लामा मसला पठाउने लक्ष्य छ’ ।  

उद्योगबाट एनएमसी ब्राण्डमा  मःम मसला, तरकारी मसला, चाउमिन मसला, पानीपुरी मसला, चिकेन मसलालगायतका २५ प्रकारका मसला उत्पादन हुँदै आएको अध्यक्ष केसी बताउँछन्  । केसीका अनुसार उद्योगमा हाल १० देखि ५० ग्रामका मसला उत्पादन हुँदै आएका छन्। 'ग्राहकको सहजतालाई ध्यानमा राख्दै उद्योगबाट १० ग्रामको एक, २५ ग्रामको ६ र ५० ग्रामको २५ प्रकारका मसला उत्पादन गर्दै आएका छौ' केसीले भने । 

नेपालमै पाइने अलैँची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी र मरिचजस्ता प्राकृतिक वस्तुहरूको सम्मिश्रणबाट मसला तयार पारिएकाले विदेशबाट समेत उच्च माग हुँदै आएको केसीले जनाए ।

नेपालमै पाइने अलैँची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी र मरिचजस्ता प्राकृतिक वस्तुहरूको सम्मिश्रणबाट मसला तयार पारिएकाले विदेशबाट समेत उच्च माग हुँदै आएको केसीले जनाए । 'हामीले अस्ट्रेलिया, यूके, बेलायत र मलेसियामा पनि मसला निर्यात गर्दै आएका छौ' ।

एनएमसी मसला प्राकृतिक र नेपाली कच्चा पदार्थको प्रयोगबाट निर्माण गरिने भएकाले नेपालमा मात्रै नभई विदेशी बजारमा समेत यसको माग उच्च रहेको अध्यक्ष केसीको दाबी छ । ‘मागमा बढोत्तरी भएसँगै  हामीले केही मुलुकमा निर्यात थालेका छौँ,’ उनले भने, ‘हामीले निकट भविस्यमै भारतको सिलिगुडीमा पनि उद्योग स्थापना गरी मसला उत्पादन गर्ने र त्यहीँबाट भारतका विभिन्न स्थान र अन्य मुलुकमा पठाउने योजना समेत बुनेका छौ' ।

Related Post