News Desk
नवलपुर - गैडाकोट नगरपालिका १३ नवलपुरका तरूण युवाहरूले ११ घरपरिवारलाई राहात वितरण गरेका छन् । उनीहरुले आज शुक्रबार गैंडाकोट - १० स्थित १० घर धुरी र गैंडाकोट १३ स्थित १ घर धुरीमा राहत वितरण गरेका हुन । उक्त राहत वितरण कार्यमा गैंडाकोट १० का वडा अधक्ष्य देवीदत्त कंडेलले भारी वर्षाको अवस्थालाई प्रवाह नगरी वितरणमा सहयोग गरेका थिए ।
सागर र प्रबीण नाम भएका ती दुई युवाहरुले आफ्नो क्षेत्रमा कोही समस्यामा भए त्यस्तो कुनै सहयोग चाहिएमा आफुहरु तन मन धनका साथ सक्दो सघाउने बताए ।