उपभोक्ता अभियानका युगपुरूष हरेन्द्रबहादुर श्रेष्ठको ७९ बर्षकाे उमेरमा निधन
News Desk
May-29 , 2021 तारिख 11:17 बिहान

 काठमाडौं- नेपालकाे उपभाेक्ता आन्दाेलनका संस्थापक एवं उपभोक्ता अभियानका युगपुरूष हरेन्द्रबहादुर श्रेष्ठको ७९ बर्षकाे उमेरमा निधन भएकाे छ । अधिकारकर्मी श्रेष्ठले नेपालकाे उपभाेक्ता आन्दाेलन र अभियानमा एक महानायककाे रूपमा अग्र भूमिका निर्वाह गरेका थिए ।

२०४६ सालकाे प्रजातन्त्र पुर्नप्राप्तीकाे जन आन्दाेलनलाई उपभाेक्ताकाे पनि आन्दाेलनकाे रूपमा लिइ संघर्षकाे मैदानमा उत्रने आन्दाेलनकारी नेताकाे देहावसानबाट नेपालकाे उपभाेक्ता आन्दाेलनलाई अपूरणीय क्षति पुगेको अग्रज उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताए ।

राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष समेत रहेका अग्रज उपभोक्ता अधिकारकर्मी महर्जनले श्रेष्ठको निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै उनको निधनको खबरले आफुलाई मर्माहित र स्तव्ध बनाएकाे उल्लेख गरेका छन्।

Related Post