News Desk
बिष्णु गौतम
देवघाट-तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्रपर्ने नेपालकै एक पर्यटकीय देवघाटधाम विश्व महामारीको रूपमा फैलिएको कोविड१९ कोरोना भाइरसको कारण सुनसान छ। यसको प्रभावले जनस्तरमा मात्र नभई पशुपंन्छीमा पनि प्रभाव परेको देखिन्छ। मानिसहरुको आवतजावतमा कडाइ गरेपछि यसको प्रभाव बादरहरुमा पनि देखिन थालेको छ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कोरोना भाइरसको प्रभाव जनसमुदाय मात्र नभई बादरहरुमा पनि देखिएको बताउदै ब्लड डोनर्स सोसाइटी नेपालले सघाएकामा धन्यवाद दिए । ‘पहिला दैनिक मठ,मन्दिरहरुमा पुजा,पाठ गर्न आउने तिर्थालुभक्तजनहरुले ल्याउने फलफूल अन्य खानेकुरा खाएर आफ्नो पेटभर्ने बादर यतिबेला निषेधाज्ञाले गर्दा खानेकुराको अभाव झेलिरहेको अवस्थामा ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा आज करिब ३ सय भोका बादारहरुलाई फलफुल खुवाउन सफल भएकोका छौ’ अध्यक्ष थापाले खुशी व्यक्त गर्दै भने । साथै, अध्यक्ष थापाले आगामी दिनहरुमा अझै विभिन्न संघ संस्थासँग समन्वय गरि बादर ब्यबस्थापन गर्ने र बादर संरक्षणको लागि "बादर पार्क" बनाउने बिसयमा प्रदेश र केन्द्र सरकारसँग कुरा भइरहेको जानकारी दिए ।
ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन अधिकारीले कोरोना भाईरस महामारीका कारण जारी लकडाउनले दैनिक ज्यालादारी मजदुर गरेर आफ्नो जीवन गुजारा गर्ने ब्याक्तीहरुलाई मात्र नभई पशुपंन्छीहरुलाई समेत प्रभावित तुल्याएकाले देवघाटको गलेश्वर चोक,देवघाट शिवालय मन्दिर आसपासमा रहेको भोका बादरहरुलाई फलफुल खुवाएको बताए । साथै उनले अभियानको ९ दिन सम्म आइपुग्दा तनहुँ,चितवन र नवलपुर जिल्ला गरि करिब ७ सय बेबारिसे मानिसहरुलाई खाना खुवाएको तथा आर्थिक अवस्था कमजोर भएको करिब ६० घरधुरी परिवारलाई राहत समेत उपलब्ध गराएको उनले जानकारी दिए ।
देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा शुन्य भएपछि बादरको आहारबिहारमा पनि समस्य देखिएन थालेको बताउदै तत्काल क्षेत्र बिकास समितिका बैंठक बसि बादरको आहारबिहार ब्यवस्थापन गर्ने बताए । साथै उनले बादर लगाएत अन्य पशुपंन्छीको पनि बाच्न पाउने अधिकार रहेको भन्दै तिनको संरक्षण गर्नुपर्ने सवैको दायित्व रहेको उल्लेख गरे । बादरहरुको संख्या चितवन र तनहुँको देवघाट तर्फ गरि अन्दाजी २ हजार देखी २५ सय सम्म बादर रहेको निर्देशक घिमिरे जनाए ।
सो फलफुल खुवाउने कार्यक्रममा देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज सुशील लामिछाने,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ,ब्लड डोनर्स सोसाइटी नेपालका सचिव अन्जन दवाडी र सदस्य कुशल लम्साल,समाजसेवी सिता कडेल,देवघाट सामुदायिक स्वयंसेवक केशव पोख्रेल लगाएको सहभागिता रहेको थियो।