News Desk
केशव ढकाल
न्युयोर्क- गैरआवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद ९एनसीसी० अमेरिकाको अध्यक्ष पदमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् । नयाँ कार्यकाल ९वर्ष २०२१ देखि २०२३ को का लागि उनी निर्वाचित भएका हुन् । शनिबार र आइतबार सम्पन्न निर्वाचनमा सुवेदीले कुल मतको ३६ प्रतिशत ल्यादै आफनो जित सुनिश्चित गरेका हुन्। निर्वाचनमा कुल मतको ७८ दशमलव ३२ प्रतिशत मत खसेको थियो । मतदानका लागि कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए ।
मे २९ बिहानबाट सुरु भएको मतदानको समय ९अमेरिकी समयअनुसार० मे ३० को ११ः५९ रातमा सकिएको थियो ।