News Desk
काठमाडौं- उपभोक्ता अधिकार क्षेत्रको अग्रणी संस्था राष्ट्रिय उपभोक्ता मंच ‘उपभोक्ता हित अभियान’ स्वरुप सहजीकरणको कार्यमा जुटेको छ । मंचले निषेधाज्ञा अवधीमा उपभोक्तालाई सघाउने उदेश्यका साथ ‘उपभोक्ता हित अभियान’ ल्याएको अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
‘जेठ १४ गते देखी कडाई गरिएको लकडाउनले गर्दा खाद्यान्न किनमेल गर्न असहज भएकोमा मञ्चले सहजीकरण गर्दै उपत्यकामा प्रशासनको निर्णय अनुसार घुम्ती खाद्यान्न पसल सञ्चालन भएकोछ’ अध्यक्ष महर्जनले भने। अध्यक्ष महर्जनले १४ गते यता साल्ट ट्रेडिङको घुम्ती पसल मार्फत खाद्यान्न आवश्यक पर्ने क्षेत्रहरुमा माग भए अनुसार केही क्षेत्रमा खरिद तथा बिक्री प्रबन्धनका लागि मंचको तर्फबाट सहजीकरण गरिएको जानकारी दिए ।
यस माझमा चाकुपट, मंगलबजार लगायतका क्षेत्रमा मंचको पहलमा खाद्यान्न घुम्ती पसल संचालनमा आएको र आवश्यकता अनुरुप माग भई आएको खण्डमा साल्ट ट्रेडिङसँगको सहकार्यमा थप स्थानमा सेवा उपलब्ध गराईने महर्जनले बताए ।