देवघाट गाउँपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदिक औषधीहरू हस्तान्तरण
News Desk
Jun-03 , 2021 तारिख 08:24 बिहान

तनहुँ:१९, जेठ २०७८ तनहुँको देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तनहुँले विश्वव्यापी रूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदिक औषधीहरू देवघाट गाउँपालिकालाई हस्तान्तरण गरेको छ । केन्द्रले गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई औषधीहरू हस्ताण्तरण गरेको थियो। प्रारम्भिक अवस्था देखि नै होम आइसोलेसन र आइसोलेसन सेन्टरहरुमा योग तथा आयुर्वेदिक औषधिहरू वितरण गर्दै आइरहेको केन्द्रले आज गाउँपालिकालाई पनि औषधीहरु हस्तान्तरण गरेको हो।

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले दिएको जानकारी अनुसार त्रिकटु चुर्ण, गुडुची चुर्ण, यष्टिमधु चुर्ण, अखरगन्ध चुर्ण, महासुदर्शन चुर्ण, लक्ष्मी विलास रस ( नारदीय ) लगाएतका आयुर्वेदिक औषधीहरू केन्द्रले हस्ताण्तरण गरिएको छ । संक्रमित भैसकेपछि व्यक्तिको प्रतिरोधी क्षमता घट्ने, जागर नलाग्ने जस्ता समस्यालाई समाधान गर्ने भएकोले कोरोनालाई जित्ने सक्ने शक्ति प्राप्त गर्नको लागि उक्त औषधीको प्रयोग गर्न सकिने डा. मण्डलले बताए । उनले आयुर्वेदिक औषधी आवश्यक परेमा उपलब्ध गराउने बताउदैँ अनावश्यक रूपमा कोरोनाको औषधी हुन्छ भनेर नहुने बस्तुहरू औषधीको रूपमा प्रयोग नगर्न अनुरोध समेत गरे ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले जिल्ला आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्रले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न र संक्रमित ब्याक्तीहरुको थप उपचार गर्नको लागी औषधी उपलब्ध गराईदिएकोमा खुसी व्यक्त गर्दै जिल्ला आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्रलाई धन्यवाद समेत दिए । केन्द्रबाट प्राप्त आयुर्वेदिक औषधीहरु देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको नेतृत्वमा बुधबार नै संक्रमितको घरघरमा पुगि स्वास्थ्य अवस्था बुझी सो औंषधी वितरण गरिएको थियो ।

Related Post