नाङ्गो खुट्टा युथ शुर्खेतले गर्‍यो १०८ घर परिवारलाई राहात वितरण
News Desk
Jun-03 , 2021 तारिख 08:08 बिहान

विगत लामो समय देखि नाङ्गो खुट्टा युथले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

 

विशेष गरि अहिलेको कोभिड -१९ को दोस्रो चरणको महामारिको विसम परिस्थितिमा कोहि कसैले भोक्कै बस्न नपरोस भनेर राहात वितरण गरेको बताउछन ।

 

नाङ्गो खुट्टा युथले सुर्खेत पश्चिम बाह्रक्षेत्र गाउपालिकाको गिरिघाट खोला आसपास बसोबास गर्ने १०८ घर परिवारलाई राहात वितरण गरेको हो ।

 

नाङ्गो खुट्टा युथ सुरखेतका सदस्यहरु केशब थापा,छिरिङ लामा, मनिशा रावल, रोस्नि क्षेत्रि, पशुपति बिसि, अंगत साहि, सन्जिब हमाल , रन्जीता खान, मुकेस थापा,देबेन अधिकारि, सुमि साहि गरि ११ जनाको समूह मिलि राहात वितरण गरेको थियो ।

 

राहात वितरण कार्यक्रममा विशेष सहयोग गर्नु हुने सबैलाई नाङ्गो खुट्टा युथले धन्यवाद दिएका छन । विशेष गरि हरि बिष्ट, भद्र भण्डारि , टीका ओलि, हर्ष बिक्रम खड्का र लक्ष्मण जि लाई धन्यवाद दिएका छन ।

 

अन्तिममा नाङ्गो खुट्टा युथले आगामि दिनहरुमा पनि समज सेवामा आफुहरु निरन्तर लाग्ने बताएका छन ।