News Desk
राज्य दैनिक/ २० जेठ पाल्पा- पाल्पाकाे रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ काे वार्षिक वजेट,नीति तथा कार्यक्रमका लागि जनतासँग सुझाव माग गरेकाे छ । रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले विहिवार विज्ञप्ति प्रकाशित गरि नागरिक समाज, राजनितिक दल, गैर सरकारी संस्था, शिक्षक तथा देश विदेशमा रहेका नागरिकसँग बजेटको सुझाव माग गरिएकाे उल्लेख्य गरेका छन् । नेपालकाे संविधान २०७२, १५ औ याेजना नेपाल सरकारकाे वार्षिक नीति तथा कार्यक्रम , दिगाे विकासका लक्ष्यहरू, लुम्बिनी प्रदेशकाे वार्षिक नीति तथा कार्यक्रम २०७८/२०८९, स्थानिय सरकार सन्चालन ऐन २०७४ सँग अनुकुल हुनेगरि नगरबासीको आवश्यकताका आधारमा आगामी आ.व.२०७८/०८९ काे बजेटका लागि सुझाव माग गरेकाे प्रमुख थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
संघिय सरकारले बजेट सार्वजनिक गरेपछि स्थानिय सरकारहरूले वजेटकाे तयारि गरिरहेका छन् । देशभरका स्थानिय तहहरू मध्ये पहिलाे पटक सुचना प्रकाशित गरेर सुझाव माग गर्ने स्थानिय तह रामपुर नगरपालिका रहेकाे छ । रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार स्थानिय जनताकाे सुझाव पश्चात् बजेट निर्माण गर्दा बजेट प्रभावकारी हुने जानकारी दिए । ‘विहिवार सुचना सार्वजनिक गरेका हाै’ यसमा उत्साहका साथ सुझाव आएको बताउदै प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने," स्थानिय नागरिक तथा विभिन्न संस्थाबाट आएको सुझावलाई लिएर अब हामी नीति तथा कार्यक्रम र वजेट निर्माण गर्नेछाै " ।
कार्यालयले सुझावका लागि [email protected] मा मेल गर्न आव्हान गरेकाे छ ।