News Desk
डिएन घिसिङ
रामेछाप -रामेछाप जिल्लास्थित दोरम्बा गाउपालिकाको नाम परिवर्तनसँगै विवाद चुलिएर त्यहाका अध्यक्ष विरुद्ध मुद्धा दर्ताको तयारी भएको छ । गाउँपालिका अध्यक्षको नेतृत्वमा ऎनलाई लत्याउदै साबिकको दोरम्बा गाउँपालिकाको नाम दोरम्बा शैलुङ्ग गाउँपालिका सिफारिस भई प्रदेश एवम् संघिय सरकारबाट पारित भएसँगै उक्त विवाद चुलिएको हो। सो निर्णय सार्वजनिक भए लगत्तै देखी गाउँपालिकाको नाम परिवर्तनको विपक्षमा रहेका गाउँपालिकाबासीहरु आन्दोलित बन्दै आएका छन् ।
पालिका पदाधिकारीहरुले ऐन लत्ताउदै नाम परिवर्तनको सिफारिस गरेकाले पालिका पदाधिकारीहरुबाट नीतिगत भ्रष्टचार भएको भन्दै स्थानियहरुले आक्रोश पोख्दै आएका छन् । साबिक दोरम्बा गाउँपालिका वडा २का जनप्रतिनिधि बमबहादुर मगरले गाउँपालिका अध्यक्ष कमानसि तामाङले मुडेबलका भरमा ऎन विपरित निर्णय गरेको आरोप लगाउदै भने ‘निर्वाचन भएको २बर्ष पछि पालिका अध्यक्ष कमानसि तामाङले परिषद भेलामा प्रस्ताव गर्दा पनि अधिकांश सदस्यहरुले विरोध गरेका थिए, तर पछि अध्यक्षले मुडेबल देखाउदै परिवर्तनका लागि सिफारिसको निर्णय गरे, त्यो पनि नियमले नपाईने कुरामा । विरोध भैरहेको बिषयमा अप्रिय निर्णय लिनु आपत्तिजनक छ’ ।
अन्य जनप्रतिनिधि समेतलाई भ्रममा राखेर बहुमतको हस्ताक्षर
अन्य जनप्रतिनिधि समेतलाई भ्रममा राखेर बहुमतको हस्ताक्षर गराईएको अर्का सदस्य रन्जित तामाङको दाबी छ ।
कानुनका ज्ञाताहरुका अनुसार पहिलो निर्वाचन भएको मितिले ६महिनामा परिषद भेलाको दुई तिहाई बहुमतको समर्थनले नाम वा मुकाम परिवर्तन गर्न सक्ने कानुनी व्यवस्था स्पष्ट रहेको जनाएका छन् ।स्थानीय एब अधिवक्ता छोनाम मोक्तानले कानुनी रुपमा नाम परिबर्तन कुनै पनि हालतमा हुन नसक्ने जिकिर गरेका छन् ।आफू गाउँपालिकाको कानुनी सल्लाहकारको रूपमा कृयाशिल रहदै आएको भएता पनि उक्त निर्णय कानुनको बर्खिलाप भएकोले आफु विपक्षीमा उत्रिएको अधिवक्ता मोक्तानले प्रस्ट्याएका छन् ।
स्थानीय सरकार संचालन ऎन २०७४को नेपाल ऎन संशोधन ऎन २०७५ ले उक्त निर्णय गलत रहेको पुष्टी गर्ने उनको भनाई छ । ‘ऎनको दफा ४ उप दफा ५मा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्न सक्ने कानुनी प्राबधान रहेको छ’ अधिवक्ता मोक्तानले भने ‘कानुनले स्पष्ट गरेको हुनाले यो वा त्यो नाममा परिबर्तन गर्नु दुर्भाग्यपुर्ण छ’।
विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले बहुमतको नाममा कायम रहेको गाउँपलिकाको नाम वा केन्द्र दल वा निर्वाचित जनप्रतिनीधिले स्वेच्छाचारी ढङ्गले हेरफेर गर्न सक्ने कुराको विचार गरी उक्त कार्य हुन नदिनका लागि विधायिकाले कानून निर्माण गरेको प्रष्ट रहेको अधिवक्ता मोक्तानले तर्क राखे ।
विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले बहुमतको नाममा कायम रहेको गाउँपलिकाको नाम वा केन्द्र दल वा निर्वाचित जनप्रतिनीधिले स्वेच्छाचारी ढङ्गले हेरफेर गर्न सक्ने कुराको विचार गरी उक्त कार्य हुन नदिनका लागि विधायिकाले कानून निर्माण गरेको प्रष्ट रहेको अधिवक्ता मोक्तानले तर्क राखे ।
यस सम्बन्धमा स्थानिय सचेत नागरिकहरुले निर्णयहरुको प्रतिलिपी संकलन गरेर सर्बोच्च अदालतमा जाने तयारी गरिरहेको बारे जानकारी दिदै आफुले पनि सहयोग गर्ने अधिवक्ता मोक्तानले बताए।उनका अनुसार पदिय दुरुपयोग गरेको ठहरमा अख्तियार दुरुपयोग आयोगमा मुद्धा हाल्ने बारे छलफल भैरहेको पनि उनले जानकारी दिए । बिशेष अदालतमा अख्तियारले पालिका पदाधिकारी बिरुद्व रिट दायर गर्नेमा कानुनी आधारमा आफुहरु ढुक्क रहेको अधिवक्ता मोक्तानले जनाए ।
यता यसै सवाललाई लिएर पालिका अध्यक्ष कमान सिंह तामाङले आफ्नो फेसबुक वालमा एक लामो टिप्पणी लेखेका छन् । उक्त टिप्पणीका बिषयमा पंक्तिकारसँग कुरा गर्दै उनले आफु बिरोधको सामना गर्न तयार रहेको जनाए।संवादको क्रममा अध्यक्ष तामाङले प्रदेश सरकार र मन्त्री परिषदलाई पटक-पटकको निर्णयहरु पेश गरेको बताए।कानुनी आधारको बारेमा प्रतिप्रश्न गर्दा अध्यक्ष तामाङ्ले वेतुकको तर्क पेश गरेका थिए । जुन हास्यास्पद पनि रहेको छ।उनले आफुहरु गाउँपालिकाको वडाको जनमतमा जान सक्ने भनाइ समेत राखे, जुन कानुनको कुनै पनि धारामा खुलाईएको छैन।
वडा अध्यक्ष तामाङ्ले वडान २का नागरिकहरुलाई लक्षित गरि सामाजिक संजालमा पोस्ट गरेको स्टाटसमा आफ्नै खुट्टामा आफैले बन्चरो हान्ने प्रवृत्ति रहेको भन्दै कटाक्ष समेत गर्न भ्याएका छन् ।
तामाङ्ले उक्त बिषयलाई लिएर छिमेकी जिल्ला दोलखाको शैलुङ्ग गाउँपालिका अध्यक्ष भरत दुलाल समेतलाई विवादमा तान्ने असफल कोशिश गरेका थिए । शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले राज्यदैनिकसँग कुरा गर्दै भने ’नाम जुधाउनु संयोगमात्रै नभई नियत खराव भएकैले हो’ । यस अघि बागमती प्रदेशको मुकाममा सो नाम सम्बन्धमा एकै प्रकृतीको नाम बारेमा अनुमति नदिन शैलुङ्ग गाउँपालिकाको तर्फबाट आफुहरुले आग्रह गरेको बताए।भनसुनको आडबलमा नाम परिबर्तन गरेर कायम गरेको दाबी पेश गर्दै अध्यक्ष दुलालले अगाडि भने ‘भूगोलको बिषयमा स्पष्ट रहेको हुनाले शैलुङ्ग पालिका र दोरम्बा पालिकाको आ आफनै पहिचान स्पष्ट रहेको छ, हुँदा छदाको नाम छोडेर किन अरुको पहिचानसँग जोडिन मन लागेको हो हामीले अझै बुझ्न सकेका छैनौ’ ।
यसै सन्दर्भमा स्थानीय राजनीतिकर्मी अमिर लामाले पालिकाको अध्यक्षको अकर्मण्यताले ऎतिहासिक पहिचान बोकेको दोरम्बा नामेट गर्न खोजेको आरोप लगाउदै उनी विकास बाधक रहेको गम्भिर आरोप समेत लगाए । ’पालिकाको अध्यक्ष नसच्चिने हो र यहि हर्कत गरेमा हामीहरुले उसलाई गाउँ प्रवेश गर्ने समेत नदिने अवस्था अवश्य आउनेछ’ लामाले भने ।