नेपालका लागि स्वास्थ्य सामाग्री संकलनमा इजरायल स्थित नेपाली दुतावासले देखायो सकृयता
News Desk
Jun-05 , 2021 तारिख 10:21 बिहान

 

तेल अभिभ - इजरायल स्थित नेपाली दुतावासले नेपालका लागि स्वास्थ्य सामाग्री संकलनमा आफ्नो सकृयता बढाएको छ ।  देश कोरोना महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको र त्यससँग जुध्न नेपाल सरकारले अन्तर्राष्ट्रिय सहायता आह्वान गरेको सन्दर्भमा दूतावासले आफ्नो  सकृयता बढाएको हो ।  दुतावासले ईजरायल सरकारका साथै यहाँ  स्थित स्वास्थ्य संस्था, निजी कम्पनी/व्यवसायिक क्षेत्र लगायतसँग सहयोगको लागि अनुरोध गरेको थियो। 

सोही अनुरूप ईजरायलको प्रशिद्ध (संसारकै दशौँ उत्कृष्ट) अस्पताल - सेबा मेडिकल  सेण्टर Sheba Medical Center, ईजरायलको प्राईमरी रेस्क्यु एण्ड  रिकभरी भोलिण्टियर अर्गनाइजेसन, जाका, जेरुसेलम स्थित  Primary Rescue and Recovery Volunteer Organization - ZAKA, जेरुसेलमस्थित कम्पनी - युनाईटेड हादजला, United Hatzalah, कफर मेनाचेम Kfar Menachem स्थित कम्पनी - फण्डांङो कलेक्ससन एण्ड रिसाईक्लिङ Fandango Collection and Recycling Ltd, र येहदु Yehuda स्थित कम्पनी - कार्डोभेल Cardiovalve, काफर अभिभ Kfar Aviv स्थित कम्पनी - स्टेरिसेण्ट Sterisent, पेटाह टिक्भा Petah Tikva मा अवस्थित कम्पनी - माइ हेरिटेज My Heritage र पेटाह टिक्भा Petah Tikva मै अवस्थित कम्पनी - अरटेक इजरायल Artek Israel बाट सहायता स्वरुप कबुल भएको स्वास्थ्य सामग्री दूतावासबाट सम्बन्धित स्वास्थ्य संस्था/कम्पनीको स्थलगत भ्रमण गरी स्वीकार गरिएको दुतावासले जनाएको छ । 

सो क्रममा इजरायलका लागि नेपाली  राजदूत डा. अन्जान शाक्यले सहयोगी सम्पूर्ण संस्था/कम्पनीलाई धन्यवाद - पत्र समेत हस्तान्तरण गरिन ।  

नेपाल र ईजरायल बीच सन् १९६० जुन १ मा  कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। द्विदेशीय सम्बन्ध ६० वर्ष पूरा भई ६१ औं वर्षमा प्रवेश गरेको अवसरमा सहायता सामग्री संकलनको थालनी गरिएको दुतावासले स्पस्ट  पारेको छ ।  ईजरायल सरकारबाट प्राप्त सहायता सामग्री सहित माथि उल्लेखित सामग्रीहरू एवम् ईजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाइबाट संकलित रकम मार्फत् खरिद हुने उपकरण/स्वास्थ्य सामाग्री यथाशक्य छिटो नेपाल पठाउने प्रयास भइरहेको  राजदुत शाक्यले जानकारी दिएकी छिन् ।  

मानवीय सहायताको भावनाले ओतप्रोत भई यस पुनीत कार्यमा दूतावासलाई ईजरायलीहरू Mr. Nadav Ben Yehuda, Mr. Raviv Byron, Ms. Anat Bernstein तथा Ms. Nirit Ofir ले निरन्तर सहयोग गरेको भन्दै दूतावास परिवार कृतकृत्य रहेको उल्लेख गरिएको छ ।  

धेरै पढिएको