सामाजिक शिक्षा बिषयको एक दिवसिय तालिम कार्यक्रम सम्पन्न
News Desk
Jun-06 , 2021 तारिख 08:18 बिहान

 काठमाडौं-नेशनल प्याब्सन काठमाडैा जिल्ला समितिको आयेाजना तथा गिनिज पब्लिकेसनको संयोजनमा सामाजिक शिक्षा बिषयमा एक दिवसिय तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल समाज कल्याण परिषद जेष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेशनल प्याब्सनका पुर्ब वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, प्रशिक्षक तथा सामाजिक पाठ्यक्रम डिजाईनर तथा लेखक महेन्द्र बिष्ट तथा दिनेश अर्याल, नेशनल प्याब्सन केन्द्र,प्रदेश,जिल्ला तथा नगरपालिका अध्यक्ष तथा पदाधिकारी, गिनिज पब्लिकेसन्सका अध्यक्ष बिष्णु प्रसाद पौडेल, एन प्याब्सनका काठमाडौ जिल्ला अध्यक्ष खडक बस्नेत, कार्यक्रम संचालक सचिब अमृत खड्का, सह कोषाध्यक्ष बिनय श्रेष्ठ लगायतको सहभागीतामा ट्रेनिङ् संचालनमा आएको थियो ।

उक्त तालिममा नेपाल भरबाट २७५ जनाले भाग लिएका थिए । युटयुव लाइफ मार्फत पनि सामाजिक शिक्षा अध्यापकहरु कार्यक्रममा जोडिएका थिए । तालिममा सामाजिक शिक्षाको पाठ्यक्रम, ग्रिड, उदेश्य, कक्षा कृयाकलाप, मुल्यांकन र एकिकृत पाठ्यक्रम बारे सिकाई र छलफल भएको थियो।

Related Post