News Desk
काठमाडौ-कोरोना महामारीको कारण समस्यामा परेका मजदुर, विपन्न र अपाङ्ग असक्त ठूलो सङ्ख्यालाई राजधानीमा खाद्यान्न तथा राहत वितरण गरिएको छ। गाउँले पर्यटन - नेपाल (भिटोन) र सुर्यबहादुर थापा प्रतिष्ठानले आईतबार उक्त राहत वितरण गरेका हुन ।
गाउँले पर्यटन - नेपाल (भिटोन) को तर्फबाट संस्थाका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल उनकि धर्मपत्नी पुर्वप्रधानमन्त्री स्व. सुर्यबहादुर थापाकी पारिवारिक सदस्य उमा खड्काले उक्त राहत तथा खाद्यान्न वितरण गरेका थिए ।
राहत तथा खाद्यान्न वितरण कार्य किन भन्ने प्रश्नमा पौडेल भन्नछन् ‘कोरोना महामारीका कारण राहत तथा खाद्यान्न अभावमा परेका मजदुर, विपन्न र अपांग-अशत्तहरुको पिडामा मल्हम लगाउने सानो भएपनि प्रयत्न र कोसिस गरेका हौ,साथै, जनताको निशुल्क स्वास्थ्य तथा राहतमा ध्यान दिन राज्यलाई विनम्र अनुरोध गर्दछु’ । राहत कार्यक्रमको समन्वय तथा सहजीकरण युगान्तर खबर डटकमका संचालक/सम्पादक वसन्त परियारले गरेका हुन ।