पत्रकार महासंघलाई मास्कलगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण 
News Desk
Jun-08 , 2021 तारिख 06:34 बेलुका


काठमाण्डौं- नेपाल पत्रकार महासंघलाई जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र एनआरएनए कोरियाका पुर्व अध्यक्ष  बिनोद कुँवरले सर्जिकल मास्क र के एफ  मास्क वितरण गरेका छन । महासंघमा आयोजित एक कार्यक्रममा संपादक बगालेले महासचिब रोशन पुरी र सचिव गोबिन्द चौलागाईलाई  पाँच हजार सर्जिकल मास्क र के एफ मास्क हस्तान्तरण गरेका हुन । प्राप्त मास्क आवश्यकता अनुसार प्रदेश समितिमार्फत सम्बन्धित सञ्चारगृहमा उपलब्ध गराइने महासचिव रोशन पुरीले बताए  ।

महासंघले मास्क उपलब्ध गराउने जनसवाल दैनिकका सम्पादक बगाले र एनआरएनए कोरियाका पुर्व अध्यक्ष बिनोद कुँवरलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ  ।

Related Post