उपत्यकामा हुनुहुन्छ र भोकभोकै रहनुपर्ने अवस्था छ भने सिधै संपर्क राख्नु
News Desk
Jun-09 , 2021 तारिख 08:52 बेलुका

काठमाडौं-कोरोना कहरको दोस्रो लहरसँगै दैनिक  ज्यालादारी  गरी खानेहरुका लागि साहरा महिला समाज केन्द्रिय कार्यालय र श्री जनसेवा सामुदायिक केन्द्र  (CLC)को संयुक्त आयोजनामा दैनिक झन्डै ८०जनालाइ खाना खुवाउने गर्दै आएका छन् । उक्त अभियानमा गरीब पीडित संघले सह आयोजकका रुपमा सघाएको छ ।  लकडाउनसँगै संस्थाहरुले आपसमा  रु चार लाख असी हजार रकम जुटाएर उक्त सेवा प्रारम्भ गरेका हुन । कोही भोको बस्न नपरोस भनेर आफ्नै घरमा खाना पकाएर संबन्धितकोमा गएर दैनिक ११ बजे खाना खुवाउने गरेको साहारा महिला समाजकि केन्द्रीय अध्यक्ष बिना दाहालले  बताईन् ।  

कलंकी, नैकाप, कालिमाटी र स्वयम्भूमा बस्ने मजदुरहरु लगायत काठमाडौं, ललितपुर ,भक्तपुरमा बस्ने कयौं परिवारलाई उनिहरुको डेरामै पुगेर सहयोग गर्दै आएको दाहालले बताईन्  ।  

स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरुले समेत सहयोग गरेकोमा उनीहरु प्रती संस्थाले  आभार प्रकट गरेको छ।भोकभोकै रहनुपर्ने अबस्थामा सिधै संस्थाकी अध्यक्ष बिना दाहालको सम्पर्क नम्बर ९८५१११७८५१मा फोन गर्न सक्ने जनाइएको छ ।  सहयोग गर्न चाहनेहरु पनि अभियानमा जोडिन सक्ने बताईएको छ ।  यस माहामारीमा जुध्न स्वास्थका सबै मापदण्डमा रहेर निरन्तर खटने साहारा महिला समाजकी वरिष्ठ उपाध्यक्ष एलीसा सुवेदी ,उपाध्यक्ष कृष्ण कुमारी खतिवडा ,सदस्यहरु चन्द्र्कला सुनार ,सरीना गुरुङ ,प्रेम नक्साल र अनुपमा थापा रहेका छन ।  त्यसैगरि गरीब पीडित संघकी अध्यक्ष लक्ष्मी शाह,कोषाध्यक्ष राजुराम खकुरेल, सचिव शिव कार्की र सदस्य अम्बिका केसीले उल्लेख्य भुमिका खेलेको संस्थाबाट जानकारी प्राप्त भएको छ ।  उक्त  कार्यमा सुरुवात  देखिनै समाजसेवी प्रेम लम्साल र रत्नकाजी डङोगोलले सहयोग पुर्याउदै आएको पनि खुल्न आएको छन् ।  लकडाउन अवधिभर खाना खुवाउने तथा खाद्यान्न बितरणलाई निरन्तरता दिदै जाने ष दाहालले बताउँछिन् । २०६२ साल देखि अनवरत रुपमा सामाजिक कार्यमा समर्पित संस्थाले  विभिन्न किसिमका प्राकृतिक प्रकोप, भुकम्प तथा महामारीमा  काम गर्दै आइरहेको छ।

 

Related Post