News Desk
काठमाडौं-पाकिस्तानका लागि नेपालका राजदूत तपस अधिकारी र पाकिस्तानका विदेश मंत्री शाह महमूद कुरेशी बीच भेटवार्ता भएको छ । राजदूत अधिकारी र विदेश मन्त्री कुरेशी बीच इस्लामावाद स्थित विदेश मन्त्रालयमा बातचित भएको हो ।भेटमा द्विपक्षीय सम्बन्ध र आयाम बारे छलफल भएको थियो।
भेटका क्रममा पाकिस्तानी विदेशमन्त्रीले दुई देशबीच प्रकाढ सम्बन्ध रहिआएको उल्लेख गर्दै आपसी हितका लागि सबै क्षेत्रमा सहयोग बढाउनुपर्नेमा जोड दिए।
विदेश मन्त्री कुरेशीले कोभिड १९ को कारणले नेपालीहरुले ज्यान गुमाउनु परेकामा संवेदना व्यक्त गर्दै भाइरस नियन्त्रण गर्न नेपालले गरेका प्रभावकारी कदमहरूको सर्हाना गरे। परराष्ट्रमन्त्रीले भने ‘पाकिस्तानले कोभिड १९ महामारीको सामना गर्ने प्रयासमा नेपालको साथ छ र यस सन्दर्भमा सम्भव सबै समर्थन प्रदान गर्दछ’ ।
कुरेशीले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पद ग्रहण गरेकोमा रघुबीर महासेठलाई बधाई ज्ञापन समेत गरे ।साथै उनले १ मे २०२१ मा नेपालबाट बञ्चित पाकिस्तानी नागरिकहरूको सहज निकासका लागि नेपाल सरकारले दिएको सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।
भेटका अवसरमा नेपाली राजदूत तपन अधिकारीले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि काम गर्ने इच्छा व्यक्त गरे। उनले कोभिड १९ सँग सम्बन्धित सहयोगका लागि पाकिस्तान सरकारलाई पनि धन्यवाद समेत दिए।
विदेश मन्त्री कुरेशी र राजदुत अधिकारीले दुई देशका नागरिक स्तरमा भाइचारा साथै एक अर्का देशका जनताको शान्ति र समृद्धिको कामना गरे ।