सरकारको प्रवक्ताको जिम्मेवारी थापालाई
News Desk
Jun-11 , 2021 तारिख 07:00 बिहान

काठमाडौँ -सरकारको प्रवक्ताको जिम्मेवारी  नैनकला थापालाई दिइएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधिमन्त्री थापालाई दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।थापा बिहीबारमात्रै सञ्‍चारमन्त्रीमा नियुक्त भएकी हुन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै बिहीबार पहिलो बैठक बसेको हो ।

यसअघि सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्‍चारमन्त्री समेत रहेका पार्वत गुरुङ थिए । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउने क्रममा गुरुङ मन्त्री पदबाट बाहिरिएपछि प्रवक्ता पद रिक्त बन्‍न पुगेको थियो ।

 

 

 

Related Post