८ दिनदेखि हराएकी माया नभेटिएपछि दुई छोरीको विचल्ली, खोजी गरिदिन पीडित परिवारको आग्रह 
News Desk
Jun-11 , 2021 तारिख 01:09 बेलुका

 काठमाडौं-८ दिनदेखि हराएकी माया गुरुङ भनिने रितु थापाको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।  काठमाडौंको बुढानीलकण्ठ बस्दै आएकी गुल्मी सिसाखानी ९ की उनी जेष्ठ २१ देखि सम्पर्कविहीन छिन् । गुरुङ बुढानीलकण्ठ वडा नम्वर ३ पार्क भिलेज नजिकै शान्ता कुँवरको घरमा डेरा गरी बस्दै आएकी थिईन् । उनी हराएपछि कुँवरले नै हराएको अर्को दिन महानगरीय प्रहरी प्रभागमा खोजतलास गरिदिनुहुन भनी निवेदन दिएका थिए । प्रभागका प्रहरी निरीक्षक राजकुमार तामाङले हराएकी मायाको खोजी भइरहेको जनाए । ‘हामीले उपत्यकाका सबै प्रहरी कार्यालयमा खोजतलासको लागि जानकारी गराइसकेका छौं’ प्रहरी निरीक्षक तामाङले भने ‘हराएकाको मोवाइल सम्पर्कमा आएकासँग पनि सोधखोज हुँदैछ, त्यति धेरै जनासँग मोवाइल सम्पर्क गरेको देखिएको छैन ।’

तामाङले हराएकी मायाको हुलियासहित अन्य जिल्ला र क्षेत्रहरुमा पनि परिपत्र गरिएको र आफ्नो तर्फबाट पनि अनुसन्धान र खोजी भइरहेको स्पष्ट पारेका छन् । सामान्य लेखपढ गरेकी, गहुँगोरी, अन्दाजी ५ फिट उचाइकी उनी घरबाट निस्किँदा कालो सुरुवाल र खैरो टी सर्ट लगाएको हुन सक्ने अनुमान छ । 

नागरिकता अनुसार ३१ वर्षकी मायाका दुई छोरी रहेका छन् । उनी सम्पर्कविहीन भएपछि परिवारले आफन्तकोमा समेत खोजी गरेको छ । कतै पनि फेला नपरेपछि सामाजिक सञ्जालमार्फत पनि परिवारले खोजी गरिदिन र कतै फेला परेमा ९८६७५६४३६५ (मिलन), ९८४९००६५९० (शान्ता), ९८६७५८७५५१ (चन्द्रा), ९८४४८२१५३५ (ललित) लाई जानकारी दिनुहुन सर्वसाधरणलाई आग्रह गरेको छ ।

 

Related Post