बहुमत सदस्यको हस्ताक्षर सहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको  दावी, को हुन उनी ? 
News Desk
Jun-11 , 2021 तारिख 06:29 बेलुका


केशब ढकाल

पोखरा-गण्डकी प्रदेश नेपाली कांग्रेसका संसदिय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन् । नेपाली आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेशप्रमुख समक्ष गएका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन सकेका थिएनन् । गुरुङले विश्वासको मत लिन नसकेपछि गण्डकीमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्न ढोका खुलेको थियो । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८ ९५० अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

को हुन् कृष्णचन्द्र नेपाली ?

नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय कृष्णचन्द्रको  जन्म राजनीतिक पृष्‍ठभुमी बोकेको परिवारमा भएको हो । उनका बुबा गोबर्द्धन् पोखरेल प्रजातन्त्र सेनानी हुन । तत्काल्लिन समयमा गोबर्द्धन् पोखरेल नेपाली कांग्रेसका प्रभावशाली नेता मध्येमा गनिन्थे ।

कृष्णचन्द्रको जन्म २००६ साल मंसिर १३ गते तनहुँमा भएको हो ।  कृष्णचन्द्र २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका थिए  ।

थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५(६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले(माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले  पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

नेपाली कांग्रेसका पुर्व मुख्यसचिव एवम्  संविधानसभा सदस्य रामचन्द्र पोखरेल उनका दाजु हुन भने राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष जगदिश चन्द्र पोखरेल उनका भाई हुन ।  

Related Post