वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको   स्वास्थ्यमा निकै सुधार
News Desk
Jun-12 , 2021 तारिख 05:59 बिहान

काठमाडौँ -वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको   स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतबार घर फर्काइने सम्भावना रहेको छ ।  छातीमा समस्या देखिएपछि उनको गत बुधबार साँझबाट ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएकोमा अवस्था सामान्य भइसकेको छ ।  गत वैशाख ३० देखि  जोशी एक सय एक वर्ष पुरा गरी एक सय दुई वर्षमा प्रवेश गरेका छन् ।

मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दिर्घायुको कामना गरेका थिए । मदन पुरस्कारप्राप्त जोशीको मुहारअङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनको तस्बिर अङ्कित चाँदीको विभिन्न सिक्कासमेत निस्कासन भइसकेको छ ।

Related Post