सांसद वैद्य विरुद्ध भक्तपुरमा प्रदर्शन 
News Desk
Jun-12 , 2021 तारिख 01:34 बेलुका

दिपश विसुन्के

भक्तपुर, २९ जेष्ठ- बागमतीको प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम बैद्यले दिएको  अभिव्यक्तीको विरोधमा भक्तपुर जिल्लाका अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु दबाब सहितकाे शान्तिपूर्ण विरोध प्रदर्शनीमा उत्रिएका छन् । प्रधानमन्त्री के पी शर्मा ओलीलाई लक्षित गर्दै  गान्धीका हत्यारा नाथुराम गोडसे जस्तै बन्न आफु तयार हुन्छु भनेर  प्रदेश सभामा खुल्लम खुल्ला बाेलेको भन्दै सोको विरोधमा विद्यार्थीहरु सडकमा उत्रिएका हुन । प्रदेश सांसद जस्तो व्यक्तिले अराजनीतिक र गैरजिम्मेवारीपन देखाएकाले  भक्तपुर जिल्लाका अनेरास्ववियुमा आबद्ध  विद्यार्थीहरु दबाब सहितकाे शान्तिपूर्ण विरोध प्रदर्शनीमा उत्रिएको सहभागीहरुले बताए ।

हातमा पाेस्टरहरु बाेक्दै  विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ‘राजनेता केपी ओलीको सुरक्षाकाे लागि हामी वलिदान दिन तयार छाैं’ ‘ गाँजा र मदिराको ताले शैलिमा अभिव्यक्ति दिने नराेत्तम बैध मुर्दावाद’ । ‘प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने संसदलाई फैजदारी कानुन अनुसार कार्वाही गर’ । ‘नराेत्तम बैध तिम्रो ठाउँ बागमती संसद भवन हाेईन, मानसिक अस्पताल हाे’ ‘उत्तेजित संसद नराेत्तम बैध, याैन उत्तेजना वढाउने भेग्रा खान बन्द गर’  ‘प्रजातान्त्रिक धारमा विश्वास गर्ने तर वाणी चाँहि हत्याराकाे जस्तो नराेत्तम वैद्य मुर्दावाद’ लेखिएका पाेस्टर बाेकेर उभिएका थिए ।  

कार्यक्रमकाे नेतृत्व अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य दिपेश विसुन्केले गरेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्य नवीन शर्मा, नगर सचिव श्रीकृष्ण थापा लगायत विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे जानकारी दिए ।

 

धेरै पढिएको