नागरिकता माग्दै दर्शन
News Desk
Jun-13 , 2021 तारिख 06:42 बिहान

जनकपुर- धनुषामा वंशजको आधारमा नागरिकता माग्दै शुक्रबार प्रदर्शन गरिएको छ ।बिहीबार संवैधानिक अदालतले नागरिकता अध्यादेश पहिलो संशोधनको कार्यान्वयनमाथि अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमाथि हाललाई रोक लगाएपछि नागरिकताविहीन युवाहरुले प्रदर्शन गरेका हुन् । सहभागीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर, अनागरिक बनाउन पाइँदैन, देशका असल नागरिक–पहिचान गर, संविधान संशोधन छिटो गरजस्ता प्लेकार्ड बोकेर नाराबाजी गर्नुका साथै प्रदर्शन उत्रिएका थिए ।

ढल्केवरको खानेपानी कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन ढल्केवर चोकको परिक्रमा गरी सहिद स्मारक पार्क अगाडि कोणसभामा परिणत भएको थियो ।

नेपालको संविधान २०७२ जारी भएको ६ वर्ष बित्न लागे पनि आफूहरुले संविधानबमोजिम नागरिकता प्राप्त गर्न नसकेकोमा उनीहरु आक्रोशित थिए ।

Related Post