News Desk
राजन अधिकारी
धादिङ - धादिङको बेनिघाट रोरोङ्ग गाउँपालिका वडा नं २ झिरबासमा बसोबास गर्ने गुरुङ समुदायलाई विहान बेलुकी खानाको जोहो गर्न समस्या भएको छ । कोरोना महामारीका कारण आयमुलक काम गर्न नयाउँदा उनीहरुको अवस्था दयनीय बनेको हो । स्थानीय तहहरु भने विपन्न समुदायको अवस्थाबारे बेखबर छन् ।
समुदायको अवस्था दैनिकी झनै कष्टकर बनेको छ । जस्लाई एक छाक जोहो गर्न पनि धौ धौ परेको छ ।
धादिङको बेनिघाट रोरोङ्ग गाउँपालिका वडा नं २ झिरबासमा बसोबास गर्ने गुरुङ समुदायलाई कोरोना महामारीको कारण विहान बेलुकी खानाको जोहो गर्न समस्या भएको छ ।
पृथ्वी राजमार्गको मलेखुबाट करिब २ घण्टाको पैदल यात्रा पछि पुग्ने झिरबासमा चेपाङ्ग, गुरुङ्ग र तामाङ्गको बसोबास छ । गैरसकारी संस्था एवं विभिन्न सामाजिक संस्थाहरु राहत र सहयोग बोकेर आएपनि, सीमान्कृत चेपाड्ड समुदायलाई मात्र बाँडेर जाने गर्छन ।
तर अवस्था उस्तै भएपनि आफुहरु भने कसैको नजरमा नपरेको गुरुङ समुदायको गुनासो छ । खेतवारीमा लगाएका बाली भित्रिएको छैन भने वाहिर काम गर्ने वातावरण नहुँदा उनीहरुको अवस्था नाजुक बनेको छ ।
बिभिन्न संस्था र स्थानबाट आउने राहत तथा सहयोग गुरुङहरुको घरसम्म कहिले पुग्दैन । त्यसैले उनीहर जंगलमा पाइने गिठा भ्याकुर खोजेर परिवारको छाक टार्दै आएका छन् । खाद्यान्नको अभावमा ३० घर परिवारको अवस्था निकै कठिन बनेको छ ।
धादिङ्गका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले चेपाङ्ग गाउँमा बसोबास गर्दै आईरहेका गुरुङ समुदायको अवस्था बारे आफुले पनि जानकारी पाएको बताए । तर उनीहरुको दैनिकी सहज बनाउँन स्थानीय तह र बिभिन्न संघसंस्थासंग छलफल गरिरहेको प्रजिअ ढकालको भनाइ छ ।
विभिन्न संघ संस्था र गाउँपालिकाले बेनिघाट रोराङ्ग गाउपालिकाको चेपाङ्गबस्तीमा करिब १४ सय घर धुरीलाई राहत बितरण गरेको छ । तर गुरुङ्ग समुदायमा भने राहतको कुनै सामग्री पुग्न सकेको छैन ।