निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सिडियोहरुको बैठक बस्दै
News Desk
Jun-13 , 2021 तारिख 07:42 बिहान

काठमाडौँ — जेष्ठ ३०, २०७८ । 

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को बैठक आइतबार दिउँसो ३ बजे बस्दैछ । निषेधाज्ञाबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

वैशाख १६ बाट जारी निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय सिडियोहरुको बैठकले गर्दैछन् ।

निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । यसअघि सरकारले असार लागेसँगै निषेधाज्ञा केही खुकुलो बनाउने बताएको थियो ।