News Desk
दिपक पराजुली
मकवानपुर — बागमती प्रदेशसभामा संसदीय मर्यादाविपरीत अभिव्यक्ति दिएका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहनको आरोपमा मुद्दा चलाउन जाहेरी दर्खास्त दिइएको छ ।वैद्यको अभिव्यक्तिलाई लिएर युवा संघ नेपाल जिल्ला कमिटी सदस्य अनिल काफ्लेले वैद्यविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८र०८९ को नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
वैद्यको अभिव्यक्ति मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ ९१० तथा सोही संहिताको दफा ३५ ९१ र २० को कसुर गरेको काफ्लेको् जाहेरीमा उल्लेख छ । प्रधानमन्त्री हत्या गर्न उक्साउने वैद्यको अभिव्यक्ति सोही संहिताको उपदफा ३ ९ख० बमोजिम मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ ९२० जन्मकैद सजायको आधा सजाय हुने भएकाले आफुले जाहेरी दर्ता गराएको जानकारी उनले दिए ।
नेपालको संविधान २०७२ को धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूत गरेको र त्यो अधिकार प्रधानमन्त्रीसँग समेत सुरक्षित रहेको जोहरीमा उल्लेख छ । नेपालको संविधानको धारा १७ ९१० मा स्वतन्त्रताको हकको व्यवस्था भएपनि अपराध गर्न दुरुत्साहन गरिने सार्वजनिक शिष्टाचारमा वा नैतिकता प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएका मानिने छैन भन्ने व्यवस्थाले समेत वैद्यलाई फौजदारी मुद्दामा कारबाही गर्नुपर्ने काफ्लेको दाबी छ ।