News Desk
काठमाडौं-बरिष्ठ अर्थविद स्वर्गिय डा. गोविन्द बहादुर थापाको १३ औ पुण्यतिथिमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । आईतबार भर्चुअल माध्यमबाट उक्त सभा आयोजना गरिएको हो । पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल, पुर्व प्रधानमन्त्री एवम् पुर्व पार्टि अध्यक्ष झलनाथ खनाल, पुर्व अर्थमन्त्री एवम् एमाले नेता सुरेन्द्र पाण्डे लगायतका नेता कार्यकर्ता सभामा उपस्थित भई स्वर्गिय थापा प्रती श्रद्धा अर्पण गरेका थिए ।
थापाको १३ औ पुण्यतिथिको सन्दर्भ पारेर आयोजित उक्त श्रद्धान्जली सभालाई बरिष्ठ नेता नेपाल एवम् खनाल, नेता पाण्डे लगायतले सम्बोधन गर्दै स्वर्गिय थापा एक कुशल अर्थशास्त्री भएको स्मरण गर्दै राष्ट्र र पार्टिले मुर्धन्य र एक होनहार व्यक्तित्व गुमाएको बताए ।